सोचेजस्तो परिणाम आएन, तुरुन्त गठबन्धनको बैठक बसेर छलफल गर्छौँं : प्रचण्ड (भिडिओ) – Nepal Press

सोचेजस्तो परिणाम आएन, तुरुन्त गठबन्धनको बैठक बसेर छलफल गर्छौँं : प्रचण्ड (भिडिओ)

देशलाई ठूलो भुमरीमा पार्ने स्थिति देखा परेको छ, स्वीकार्य हुँदैन

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए ।

उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताए । यसअघि पनि ७५ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरे ।

‘राजनीतिक नेतालाई गाली गरेपनि केही फरक पर्दैनथ्यो । तर, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन । झण्डै ७५ वर्षदेशको लोकतान्त्रिक अधिकारलाई रक्षा गर्नुपर्छ’ उनले भने, ‘अहिलेसम्मको उपब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ ।’


प्रतिक्रिया

2 thoughts on “सोचेजस्तो परिणाम आएन, तुरुन्त गठबन्धनको बैठक बसेर छलफल गर्छौँं : प्रचण्ड (भिडिओ)

  1. ज्यानमाराले आफूले भनेजस्तो नभए पछि मिटिङ्ग रे!अब त काङ्रेसले बाबाजिको ठूलो देखाई दिन्छ।😅

  2. अब बार्गेनिङ गरेर देश लुटने हो । काँग्रेस आफूले लुटन पाए जे गर्न पनि तयार हुन्छ । यी ठगहरूले केही समय अझै ठग्ने देखियो ।

Leave a Reply to खडेरी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर