नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवका लागि आइपुगिन् शबाना आजमी – Nepal Press

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवका लागि आइपुगिन् शबाना आजमी

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) का लागि भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आएकी छन् । आजदेखि सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा हिजै बिहीबार काठमाडौं आइपुगेकी हुन् ।

उनलाई महोत्सव आयोजक मण्डला थिएटरका अध्यक्ष तथा महोत्सवका निर्देशक सिर्जना सुब्बा र संयोजक विजया कार्कीले स्वागत गरे। आजमीले शुक्रबार हुने महोत्सवको उदघाटन समारोहमा मन्तव्य दिने, शनिबार ‘मास्टरक्लास’ दिने तथा केही नाटक अवलोकन गर्ने कार्यक्रम तय भएको निर्देशक सुब्बाले बताइन् ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्स शुक्रबार दिउँसो २ः०० बजे मण्डला थिएटर थापागाउँमा भव्य समुदघाटन हुँदैछ ।

९ दिनसम्म आयोजना हुने महोत्सवमा देश–विदेशका १८ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *