वागमतीको मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका तीनैजना नेता पराजित – Nepal Press

वागमतीको मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका तीनैजना नेता पराजित

हेटौँडा । नेकपा एमालेको तर्फबाट वागमती प्रदेशमा मुख्यमन्त्रीको लागि चर्चामा रहेका तीनजना प्रदेशसभा उम्मेदवार नै पराजित भएका छन् । मुख्यमन्त्रीको लागि चर्चामा रहेका एमाले पोलिटब्यूरो सदस्यहरु देवी ज्ञावली, रामेश्वर फुँयाल तथा केन्द्रीय सदस्य सानुकुमार श्रेष्ठ तीनैजना प्रदेशसभामा पराजित भएका हुन् ।

ज्ञावली चितवन क्षेत्र नम्बर २ को २ बाट नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशीसँग पराजित बने भने फुँयाल काठमाडौं ३(२) बाट कांग्रेसका विमल ठकुरीसँग पराजित बने ।

मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ काठमाण्डौँ २‘१’बाट राप्रपाका उम्मेदवार सुनिल केसीसँग पराजित बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर