सुनसरी १ मा अघि-अघि बढेकी घण्टी चिन्हकी उम्मेदवार को हुन् ? – Nepal Press

सुनसरी १ मा अघि-अघि बढेकी घण्टी चिन्हकी उम्मेदवार को हुन् ?

विराटनगर । सुनसरीमा क्षेत्र नम्बर १ मा गोमा तामाङ चर्चामा छन् । प्रतिनिधि सभाको निर्वाचनको मतगणनााको पहिलो परिणाम नआउँदा सम्म खासै कसैको नजरमा नपरेकी यी उम्मेदवार मतगणनाको परिणाम आउन पछि सबैको ध्यान आफूतिर तानेकी छन् ।

स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ उदय गराएको धरानका मतदाता रहेको सुनसरी क्षेत्र नम्बर १ मा तामाङले अग्रता लिएकी छन् ।
२७ हजार ९७८ मत गणना हुँदा तामाङ सबै भन्दा अगाडि छन् । उनले ५हजार ४५४ मत ल्याएकी छन् । उनको पछाडि जसपा नेता अशोक राई छन् ।

राईले ४ हजार ७५९ मत ल्याउँदा मुक्साहांगले ४हजार ६०४ मत ल्याएका छन् । एमालेबाट विद्रोह गरेर बाघी उठेका मनोजले३ हजार ८९३ मत ल्याएका छन् ।

एमाले जसपा तालमेलबाट उम्मेदवार बनेका जसपाका नेता अशोक राई सत्ता गठबन्धनका मुक्साहांग मेन्याङ्वो र धरानका पूर्व मेयर मनोज मेङ्वोलाई पछाडि पार्ने गोमा धरानमा चिनिएकी र जानिएकी होइनन् ।

वैदेशिक रोजगारीका लागि इजरायल पुगेकी गोमा उतैबाट सामाजिक काममा भने लागेकी थिइन् । स्थानीय तहको निर्वाचन पछि भने उनी धरानमा हुने सामाजिक कार्यक्रमहरुमा देखाउन थालेकी थिइन् ।

उनी सुरुमा हर्क साम्पाङ समुहबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्य बन्न चाहान्थिन तर टिममा कुरा नमिलेपछि उनी रवी लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर