चुनाव जितेकोमा देउवा र प्रचण्डलाई ओलीले दिए टेलिफोन गरेर बधाई – Nepal Press

चुनाव जितेकोमा देउवा र प्रचण्डलाई ओलीले दिए टेलिफोन गरेर बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गरेका छन्।

पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न आग्रह गर्दै बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेको हुन्।

संवादमा ओली र प्रचण्डबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट समेत गरेका थिए।

नेकपाको एकता भंग भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन्। ओलीले प्रचण्डलाई चुनावी परिणामलाई हेरेर बसेर समीक्षा गर्न आग्रह गरेको थिए।

यस्तै, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिएको थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर