मुगुमा कांग्रेस, डोल्पामा नेकपा एस र हुम्लामा माओवादीको अग्रता – Nepal Press

मुगुमा कांग्रेस, डोल्पामा नेकपा एस र हुम्लामा माओवादीको अग्रता

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणमअनुसार मुगुमा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका ऐन बहादुर शाही ठकुरी २ हजार ५९६ मत ल्याएर अग्रता लिएका हुन्।
उनलाई एमालेका राजबहादुर कार्कीले २ हजार ३८३ मत ल्याएर पछ्याइरहेका छन्।

यता, डोल्पा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। नेकपा एसका धनबहादुर बुढाले ७ हजार ७०४ मत ल्याएर अग्रता लिएका हुन्।

उनलाई एमालेका गणेशबहादुर शाही ३ हजार ७९७ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै, हुम्लामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादीका छिरिङ डम्डुल लामाले १ हजार ९४२ मत ल्याएर अग्रता लिएका हुन्।

उनलाई एमालेका दल रावलले ७७३ मत ल्याएर पछ्याइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर