शताब्दी पुरुष जोशीलाई समर्पित कला प्रदर्शनी गरिने – Nepal Press

शताब्दी पुरुष जोशीलाई समर्पित कला प्रदर्शनी गरिने

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ ।

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५० औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रदर्शनीको उद्घाटन गर्ने परिषद्ले जनाएको छ ।

कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरु, नेपालको मौलिक धर्म र दर्शनहरु जगाउने उद्देश्यसहित कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरुको संग्रहित खण्डहरुमा प्रस्तुत गरिने भएको छ । परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताए ।

स्वतः स्फूर्तरुपमा सङ्कलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ । नवोद्धित कलाकारदेखि वरिष्ठ कलाकारबाट सङ्कलन गरिएका ग्रह देवताहरु, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृति समेत विशेष रुपमा रहने परिषदद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *