सुनिल शर्माको नोवेल मेडिकल कलेज तेस्रो पटक सर्वाधिक आयकर तिर्ने संस्थाबाट सम्मानित – Nepal Press

सुनिल शर्माको नोवेल मेडिकल कलेज तेस्रो पटक सर्वाधिक आयकर तिर्ने संस्थाबाट सम्मानित

काठमाडौं । डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा वुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो ।

कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

जनतालाइ गुणस्तरिक सेवा संगै राज्यलाइ सवैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ । उपाध्यायले भने ‘सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुशी र गौरवको विषय हो’, डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाई कायम राख्नेगरी काम गर्ने बताए ।

नोबेल मेडिकल कलेज विराटनर यस अघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रवाट सार्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर