समानुपातिकमा एमालेको अग्रता, दशौं स्थानमा रहेको नेकपा एसलाई थ्रेसहोल्ड कटाउने चुनौती – Nepal Press

समानुपातिकमा एमालेको अग्रता, दशौं स्थानमा रहेको नेकपा एसलाई थ्रेसहोल्ड कटाउने चुनौती

काठमाडौं । राजनीतिक दलहरुको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भइरहेको मतगणनामा यसैपटकमात्र चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको छ । परम्परागत दलहरुलाई चुनौती दिएको सो पार्टी पछिल्लो गणनामा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा छ ।

देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने छैन तर गणनाको रुझान हेर्दा समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना भने कायमै छ ।

समानुपातिकमा नेपाली कांग्रेसको अग्रता तोड्दै नेकपा एमाले अघि बढेको छ । अहिलेसम्म एमालेले ८३ हजार १८९ मतका साथ अग्रता लिएको छ भने कांग्रेस ७० हजार १९ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको घण्टीले ३५ हजार २८ मत पाएको छ भने माओवादी केन्द्रको ३२ हजार ९३ मत छ । विघटित संसदको चौथो ठूलो दल रहेको नेकपा एकीकृत समाजवादी भने निकै पछि परेको छ ।

अहिलेसम्म माओवादीपछि राप्रपाले १९,७३६ मतसहित पाँचौं स्थानमा छ भने जसपा ५ हजार ९८९ मतसहित छैटौं र सिके राउत नेतृत्वको जनमत पार्टी ५६३९ मतसहित सातौं स्थानमा छ ।
नेपाल मजदूर किसान पार्टी ४४३९ मतसहित आठौं स्थानमा रहदा नागरिक उन्मुक्तिले ३६९८ मतसहित नवौं स्थान लिएको छ । नेकपा एसको अहिलेसम्म ३५९४ मतसहित दशौं स्थान छ ।

मतगणनाको रुझान हेर्दा नेकपा एसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्नलाई निकै चुनौति देखिएको छ । प्रत्यक्षमा नेकपा एसले ८ ठाउँमा लिड गर्दा समानुपातिकमा भने पछि परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *