पोखराको परिदृष्य : कोही चुनावमा व्यस्त, कोही आफ्नै काममा मस्त – Nepal Press

पोखराको परिदृष्य : कोही चुनावमा व्यस्त, कोही आफ्नै काममा मस्त

काठमाडौं । आज देशभर आमचुनावको रौनक छ । मतदाताहरु उत्साहसाथ आगामी पाँच वर्षका लागि आफ्ना प्रतिनिधि छनोटमा व्यस्त छन् ।

अन्यत्र जस्तै देशको पर्यटकीय नगरी पोखरा पनि चुनावी माहोलमा रंगिएको छ । भर्खर उमेर पुगेका किशोर/किशोरीदेखि वृद्धवृद्धाहरु आ-आफ्ना मतदान केन्द्रमा पुगेर आफ्नो अधिकार सदुपयोग गरिरहेका छन् । बिहानैदेखि मतदान केन्द्रहरुमा बाक्लो चहलपहल छ ।

पोखराका विभिन्न सडक गल्लीहरु डुलेर हामीले यहाँको आजको जनजीवनलाई क्यामरामा कैद गरेका छौं । धेरैलाई चुनाव लागे पनि केही पोखरावासीहरु भने आफ्नै काममा मस्त भेटिए । जसलाई भोट दिए पनि के हुने हो र भन्दै केहीले भोट खसाल्न नगएको बताए । यद्यपि, यस्तो संख्या थोरै छ ।

तस्बिर : पुकार पुर्जा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर