मेगा बैंकको सेयर कारोबार फुकुवा – Nepal Press

मेगा बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा भएको जनाएको छ ।

गत जेठ २७ गते नै बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको मेगा बैंकको त्यसयता सेयर कारोबार रोक्का थियो ।

तर नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका संगठित संस्थाको सेयर कारोबार लामो समयसम्म नरोक्न निर्देशिकामा व्यवस्था गरेको थियो ।

सोही निर्देशिका बमोजिम कारोबार फुकुवा गरेको जानकारी नेप्सेले दिएको छ । मेगाको १६ करोड १२ लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर