राहुल गान्धीको कार्यक्रममा जब बज्यो- सयौं थुंगा फूलका हामी …(भिडिओसहित) – Nepal Press

राहुल गान्धीको कार्यक्रममा जब बज्यो- सयौं थुंगा फूलका हामी …(भिडिओसहित)

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहभागी एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि रोचक परिदृश्य देखिएको छ । घटना बुधबारको हो ।

कांग्रेसको ‘भारत जोडो यात्रा’ का क्रममा महाराष्ट्रको एउटा गाउँमा आयोजित कार्यक्रममा गान्धी सहभागी भएका थिए । कार्यक्रम सुरु हुनुअघि गान्धीले राष्ट्र गीत बजाउन निर्देशन दिन्छन् । लगत्तै नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी…..’ को धुन घन्किन थाल्छ । केही सेकेन्डमै रोकिन्छ र फेरि बज्न थाल्छ ।

नेपालको राष्ट्रिय गीतको प्रारम्भिक धुन बजिरहँदा राहुल गान्धीलगायत कसैले पनि मेसो पाउँदैनन् र गम्भीर मुद्रामा उभिन्छन् । ‘सयौं थुंगा फूलका हामी…’ घन्किन थालेपछि करिब १० सेकेन्डमा मात्रै गान्धीको दिमाग खुल्छ । त्यसपछि नेपालको रोकेर आफ्नो देशको राष्ट्रगान बजाउन फेरि निर्देशन दिन्छन् । त्यसबीचमा सहभागीहरु निकै असमञ्जस्य देखिन्छन् ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विदेशको राष्ट्रगान बजाएर पनि थाहा नपाएको भन्दै राहुल गान्धीलाई भारतीयहरुले ट्रोल गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “राहुल गान्धीको कार्यक्रममा जब बज्यो- सयौं थुंगा फूलका हामी …(भिडिओसहित)

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर