स्लोभेनियामा पहिलो महिला राष्ट्रपति – Nepal Press

स्लोभेनियामा पहिलो महिला राष्ट्रपति

एजेन्सी । स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।

उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर