गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते – Nepal Press

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

पोखरा । गोरखा- २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको नेपाल प्रेसलाई बताए । कुटपिट गर्ने अन्य तीन फरार छन् ।

अब्दुसको चुनावी प्रचारप्रसार सचिवालयका अश्विन दानीका अनुसार दुई दिनअघि एक अपरिचित नम्बरबाट फोन गरेर आफू वाईसीएलको सदस्य भएको भन्दै ज्यान जोगाउन धम्की दिएका थिए । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।

यस क्षेत्रमा गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

6 thoughts on “गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

  1. प्रचण्डको ‘६४ साल जस्तै बन्न र गर्न’ वाई सी एल लाई दिएको निर्देशन पालना हुन थालेको हो ?? त्यो हो भने चुनाव किन गर्न पर्यो, मंग्शिर ४ किन चाहियो ?? आफै साम्सद भएको घोसना गरे भयो त ‘ प्रचण्ड’ ले !! अनि कांग्रेशको परिभाषा के हो लोकतन्त्रको ?? चुनाव अघिनै विपक्षीलाई बुथमा जानै नसक्ने बनाउने हो ??

  2. एमालेको सामान्य कार्याकर्तासयकासंग यिनलाई सकस छ भने यीनको अवस्था बुझ्नुपर्छ कांग्रेस हो प्रचण्डको मन्त्री र मुख्यमन्त्री को लालीपपमा नलाग।

  3. यो एमालेको आफ्नै सुनियोजित चाल हो।बिद्या भण्डारीको फोटोमा गोबर छ्यापेर चुनाब जित्ने “केशब स्थापित” प्रवृति एमाले भित्र नै भएको जग जाहेर नै छ।अहिले ycl र Maoist लाई बदनाम गर्ने एमालेको फोहोरीचलको भण्डारफोर हुन जरूरी छ।माओवादीले यत्तिकै जिती रहेको चुनाबमा कुटपिट गर्नुको कुनै आवश्यकता छैन।बुझ्नु जरुरी छ।

  4. तेसो गर्ने हैन Nagendra, अब प्रचण्ड …… देश मा समस्या न गोर्खा मा

  5. प्रचण्डे २०६४ मा जस्तै वाईसिललाई गर्न गराउन दिएकाे निर्देशन बमाेजिम जसरि भएपनि बिपक्षिलाई धालेरै छाडनेे याेजना मुताबिक काे पहिलाे घटना

Leave a Reply to हुकुम राइ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर