अख्तियारले भन्याे- द्वन्द्व ल्याउन खाेजियाे, अदालतकाे निर्णयप्रति सम्मान छ – Nepal Press

अख्तियारले भन्याे- द्वन्द्व ल्याउन खाेजियाे, अदालतकाे निर्णयप्रति सम्मान छ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतप्रति आफ्नो सम्मान रहेको प्रष्टीकरण दिएको छ । इन्कारी बयानकै आधारमा विशेष अदालतले अभियुक्तलाई सफाई दिएकाले आफ्नो सफलता दर घटेको भन्दै केही दिनअघि आयोगले गरेको पत्रकार सम्मेलनलाई लिएर आलोचना भएको थियो ।

बार एसोसिएसनले समेत अदालतलाई प्रभावित पार्न आयोगले क्षेत्राधिकार नाघेको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेको थियो । बिहीबार साँझ जारी विज्ञप्तिमा आयोगले सर्वोच्च अदालतमा गरिएका पुनरावेदनका सम्बन्धमा जानकारी दिने हिसाबले गरिएको पत्रकार सम्मेलनको गलत तरिकाले सम्प्रेषण भएको दावी गरेको छ ।

‘विशेष अदालतबाट प्राप्त फैसला उपर चित्त नबुझेमा बिशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम आयोगले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको सर्वविदितै छ । यसै सन्दर्भमा चालू आर्थिक बर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सो विपरित सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगद्धारा जारी विज्ञप्तीमा भनिएको छ’, अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने हुँदा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिनुहुन सम्बन्धित सबैमा आयोग हार्दिक आग्रह गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर