‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ को प्रतिबद्धता लागू भयो भने.. – Nepal Press

‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ को प्रतिबद्धता लागू भयो भने..

वृद्धभत्ता जस्तै आधारभूत वर्गका महिलाबीच एमालेको ब्राण्ड बन्नेछ स्यानिटरी प्याड भत्ता

एक थाल भातको महत्व कुनै भोको मान्छेलाई मात्र थाहा हुन्छ भनिन्छ । आम मान्छेको जीवनमा साना कुराको ठूलो महत्व हुन्छ, जुन कुरा सबैले महसुस गर्न सक्दैनन् । नेकपा एमालेले चुनावी घोषणापत्रको २० ग्यारेन्टीअन्तर्गत व्यक्त गरेका प्रतिबद्धताहरु पनि त्यस्तै हुन् ।

आम मान्छे, भूईं मान्छेका दैनिक समस्यासँग जोडिएका प्रतिबद्धता कतिपय पूर्वाग्रही र कतिपय पुगिसरी आएका मान्छेहरुका लागि खिसी टिउरी गर्ने विषय पनि हुनसक्छन् । तर, जसले धरातल टेकेको छ उसले साधारण कुरा पनि सर्वसाधारणका लागि कति महत्वपूर्ण हुन्छ भन्ने बुझेको छ ।

एमालेको घोषणापत्रको ट्वान्टी ग्यारेन्टी- ५ वर्ष एमालेले गर्छ भन्ने प्रतिबद्धताअन्तर्गत १७ नम्बर बुँदामा यस्तै सामान्य तर, अत्यन्त महत्वपूर्ण प्रतिबद्धता व्यक्त भएको छ । ‘स्वस्थ महिनाबारी : १५ सय वर्षभरि’ घोषणापत्रका ठूल्ठूला प्रतिबद्धताको भारीले थिचिएको यो सानो तर, लाखौं महिला तथा किशोरीको जीवनमा अर्थ राख्ने प्रतिबद्धताले कतै चर्चै पाएन ।

ट्वान्टी ग्यारेन्टीअन्तर्गत १७ नम्बर बुँदाको व्याख्या गर्दै एमालेको घोषणापत्रमा भनिएको छ- सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद निम्ति वार्षिक रु १ हजार ५ सय उपलब्ध गराइनेछ । प्रसूति हुने शत प्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिनेछ ।

स्यानिटरी प्याड नभएका कारण महिनावारी हुँदा स्कूल नजाने बहिनीहरुको कहानी सुनेको होइन देखेर, भोगेर सक्दो सहायता गरेकी छु । जसरी एक थालको भातको महत्व भोकालाई मात्र थाहा हुन्छ, त्यसैगरी स्यानिटरी प्याडको महत्व त्यो किन्ने आर्थिक क्षमता नभएकाहरुलाई मात्र थाहा हुन्छ ।

एमालेले वार्षिक १५ सय रुपैयाँको जुन प्रतिबद्धता ल्याएको छ, यो हुनेखानेहरुका लागि महत्वहीन हुनसक्छ । सामाजिक सञ्जालमा केही व्यक्तिहरुले अझ आफूलाई महिला अधिकारकर्मी र अभियन्ता भन्नेहरुले नै स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ कार्यक्रमलाई खिस्याएको देखेपछि केही लेख्न बाध्य भइयो ।

पछिल्लो स्थानीय निर्वाचनबाट गाउँपालिका उपाध्यक्ष भएपछि मेरो अधिकांश समय मेरो गाउँपालिकाका ९ वटै वडाका आमा, दिदीबहिनी र साना स्कूले किशोरीहरुसँग बित्ने गरेको छ । शहरमा प्रायोजित अभियन्ता बन्नु र गाउँका वास्तविक समस्यासँग जुध्नुमा आकाश-जमिनको अन्तर हुन्छ भन्ने कुरा उनीहरुलाई बुझाउनुभन्दा समस्यामा परेकाहरुलाई सघाउनु धेरै फलदायी हुनेरहेछ ।

मैले हाम्रा दुर्गम गाउँमात्र होइन सुगम भनिएकै बजार क्षेत्रमा पनि स्यानिटरी प्याड किन्ने हैसियत नभएका कारण संक्रमणको जोखिमयुक्त टालो बेरेर खेतका गह्रामा पाखुरा बजार्ने दिदीबहिनीहरुसँग संगत गरेकी छु । पेट दुःखेर फत्रक-फत्रक हुँदै घाँसको भारी बिसाएर आँसु झारेका दिदीबहिनीको कष्ट देखेकी छु ।

स्यानिटरी प्याड नभएका कारण महिनावारी हुँदा स्कूल नजाने बहिनीहरुको कहानी सुनेको होइन देखेर, भोगेर सक्दो सहायता गरेकी छु । जसरी एक थालको भातको महत्व भोकालाई मात्र थाहा हुन्छ, त्यसैगरी स्यानिटरी प्याडको महत्व त्यो किन्ने आर्थिक क्षमता नभएकाहरुलाई मात्र थाहा हुन्छ ।

एमालेले वार्षिक १५ सय रुपैयाँको हिसाब अवश्य पनि मुलुकको अर्थतन्त्र र कुल गार्हस्थ उत्पादनको हिसाब गरेरै निकालेको होला । इतिहासमा एमालेको सरकारले पहिलोपटक ज्येष्ठ नागरिकलाई वार्षिक १२ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गर्दा पनि यस्तै विरोध र खिसी टिउरी भएको थियो भन्ने हामीले सुन्छौं ।

स्यानिटरी प्याडका लागि वार्षिक १५ सयको प्रतिबद्धता पूरा हुन अवश्य पनि नेकपा एमालेको सरकार बन्नुपर्नेछ । मंसिर ४ पछि बन्ने एमालेको सरकारले ल्याउने पहिलो बजेट र नीति तथा कार्यक्रममा यो समेटिने निश्चित छ । किनभने एमालेका ट्वान्टी ग्यारेन्टी हावादारी छैनन् । मात्र यसका लागि जनताले एमालेलाई जिताउनुपर्ने दायित्वमात्र पूरा गर्न बाँकी छ ।

जसरी एमालेले थालेको १२ सय रुपैयाँ वार्षिक अर्थात मासिक १ सय रुपैयाँ वृद्धभत्ता आज देशका हरेक राजनीतिक दलको चुनावी मुद्दा बन्न थालेको छ, त्यसैगरी एमालेले अघि सारेको ‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ प्रतिबद्धता कार्यान्वयन भयो भने केही वर्षपछि यही नारा चोर्न र भत्ता बढाउन प्रतिस्पर्धा हुने निश्चित छ ।

स्यानिटरी प्याडका लागि वार्षिक १५ सयको प्रतिबद्धता पूरा हुन अवश्य पनि नेकपा एमालेको सरकार बन्नुपर्नेछ । मंसिर ४ पछि बन्ने एमालेको सरकारले ल्याउने पहिलो बजेट र नीति तथा कार्यक्रममा यो समेटिने निश्चित छ । किनभने एमालेका ट्वान्टी ग्यारेन्टी हावादारी छैनन् । मात्र यसका लागि जनताले एमालेलाई जिताउनुपर्ने दायित्वमात्र पूरा गर्न बाँकी छ ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विद्यालयमा किशोरीहरुलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयनमा परमादेशको सरकारपछि विभिन्न व्यवधान देखिएका छन् । सबै सामुदायिक विद्यालयका किशोरीसम्म सो सुविधा पुगेको छैन । गठबन्धन सरकारका प्रधानमन्त्रीका छोरा नै स्यानिटरी प्याडका व्यापारी भएकाले उनीहरुको ध्यान व्यापार प्रवर्द्धनमा जाने नै भयो ।

जसरी सामाजिक सुरक्षा भत्ता (वृद्ध, विधवा, अपांगता भएका) एमालेको ब्राण्ड बनेको छ, त्यसैगरी ‘सुरक्षित महिनावारी : १५ सय वर्षभरि’ एमालेको ब्राण्ड बन्नेछ । यो १५ सयको मूल्य पैसामा होइन भावनामा छ । यसले एक वर्षका लागि ती दिदीबहिनी र विद्यालय जाने किशोरीको सुरक्षा गर्नेछ । यसको मूल्य ती खिसी टिउरी गर्ने अभियन्ताहरुलाई के थाहा ?

वर्षमा १५ सय रुपैयाँको स्यानिटरी प्याड किन्न नसक्ने पनि हुन्छन् र ? यस्ता प्रश्न पनि एमालेको घोषणापत्रलाई उडाउनकै लागि गरेको देखियो । यो भनेको चाहिँ कुनै राजाले ‘यी मेरा गरिव रैतीले पेटभरि दूध र भात खान पनि पाउँदैनन् र ?’ भने जस्तै हो । भूई तहका मान्छेको आधारभूत आवश्यकता भनेकै यस्तै कुरा हुन्, जसलाई एमालेले सम्बोधन गरेको छ ।

तिनीहरुलाई के थाहा राष्ट्रपति महिला उत्थान कार्यक्रमका कारण हजारौं महिलाको जीवन जोगिएको छ र आमा र बच्चालाई बचाउन सकिएको छ । नेपालमा राम्रो तर, सामान्य काम सुरु गर्दा पनि विरोध र आलोचना गर्ने होलटाइमर जमात छ । उनीहरुको आलोचनाबाट डराउने हो भने लोक कल्याणकारी राज्य स्थापना गर्न सकिन्न ।

जसरी स्थानीय सरकारमार्फत (वडा कार्यालयबाट) सामाजिक सुरक्षा भत्ताको वितरण हुन्छ । त्यही मोडालिटीमा लक्षित महिलाहरुको विवरण संकलन गरेर चौमासिक वा अर्ध वार्षिक रुपमा स्यानिटरी प्याड किन्ने रकम उपलब्ध गराउन सकिन्छ । कतिपय सबल स्थानीय सरकारले अझ थपेर सहयोग गर्न पनि सक्छन् ।

किशोरीको महिनावारीदेखि नै सुरक्षा दिन सकिएन भने भोलिको स्वस्थ आमा बन्न सक्दिनन् । केही सीमित वर्गका लागि वार्षिक १५ सय महत्वहीन हुनसक्छ । तर, लाखौं किशोरी र दिदीबहिनीहरुका लागि १५ सय रुपैयाँले वर्षभरिको स्यानिटरी प्याड किन्न मद्दत पुग्नेछ र उनीहरुले पनि हामीलाई हेर्ने सरकार छ भन्ने अनुभूत गर्नेछन् ।

प्रसुति व्यथाका कारण अकालमा ज्यान गुमाउने महिलाहरुको उद्धारका लागि नेकपा एमाले सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाउँदा पनि यस्तै टीकाटिप्पणी र खिस्याउनेहरु थिए । विद्या भण्डारी राष्ट्रपति भएपछि एउटी महिलाको प्रसूति व्यथा त्यसमा पनि दुर्गमका महिलाको दुःख महसुस गरेर थालिएको योजना थियो त्यो ।

एमाले सरकारले राष्ट्रपतिको आग्रहलाई मानेर प्रसूति व्यथाबाट कसैको अकालमा ज्यान नजाओस् भनेर एक प्रकारले एयर एम्बुलेन्स सेवा थालेको थियो । सुत्केरी हुन नसकेर मृत्यु पर्खिन बाध्य महिलाहरुलाई उद्धार गर्न हेलिकोप्टर किन्दा विद्या भण्डारीको लागि किन्न लाग्यो भनेर लेख्ने र आलोचना गर्नेहरु नै आज स्यानिटरी प्याड भत्ताको विरोध गर्दैछन् ।

तिनीहरुलाई के थाहा राष्ट्रपति महिला उत्थान कार्यक्रमका कारण हजारौं महिलाको जीवन जोगिएको छ र आमा र बच्चालाई बचाउन सकिएको छ । नेपालमा राम्रो तर, सामान्य काम सुरु गर्दा पनि विरोध र आलोचना गर्ने होलटाइमर जमात छ । उनीहरुको आलोचनाबाट डराउने हो भने लोक कल्याणकारी राज्य स्थापना गर्न सकिन्न ।

ट्वान्टी ग्यारेन्टी, ५ वर्ष एमालेले गर्छ भनेर महिलाको सामान्य तर, अत्यावश्यक मुद्दालाई आफ्नो घोषणापत्रको अंग बनाएकोमा नेकपा एमालेको नेतृत्व, घोषणापत्र मस्यौदा कमिटी र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लाखौं महिलाले सधैं सम्झिनेछन् ।


प्रतिक्रिया

One thought on “‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ को प्रतिबद्धता लागू भयो भने..

  1. Poisa diyarw matra hudoina jaha poisa vayrw pni kina napauni thau kati xan hamro country ma medical xoina pad kina aru pasal haru ley pni rakhdoina ta poisa ko k mahato vyo poisa hoina school ma free pad ko bebastha gardinus saknu hunx vni🙏😭

Leave a Reply

Your email address will not be published. Required fields are marked *