नेपालका हिमालयमा १०३ माइलको यात्रापछि किटियाको क्यामेरामा कैद भएको हिउँचितुवा – Nepal Press

नेपालका हिमालयमा १०३ माइलको यात्रापछि किटियाको क्यामेरामा कैद भएको हिउँचितुवा

काठमाडौं । अमेरिकाकी चर्चित फोटोग्राफर किटिया पावलोस्कीले नेपालको दुर्लभ एवम् सुन्दर प्राणी हिउँ चितुवाको अद्वितीय तस्बिरहरु कैद गरेकी छन् ।

आफ्नो जीवनको ३ वर्षदेखि फोटोग्राफी गर्न थालेकी पावलोस्कीले नेपालको हिमालयमा १०३ माइलको दुरी तय गरेर संसारकै मायालुमध्ये हिउँ चितुवाको तस्बिरहरु कैद गरेको आफ्नो ब्लगमार्फत जनाएकी छन् ।

उनले १२००० देखि १८००० माइल (३६५७ देखि ५४८६ मिटर)को उचाई पार गर्दै ति मनमोहक तस्बिरहरु खिचेकी जनाएकी छन् ।

घोस्ट अफ द हिमालयज शीर्षकमा ति तस्बिरहरुलाई किटियाले आफ्नो वेबसाइट एवम् सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् ।

सुरुमा उनले हिउँ चितुवाको पदचाप पहिल्याउँदै अन्नपूर्ण संरक्षण क्षेत्रबाट आफ्नो खोजी सुरु गरेकी थिइन् । त्यसपछि उनी लुक्ला विमानस्थल हुँदै सगरमाथा राष्ट्रिय निकुञ्ज पुगेकी थिइन् । उनले ग्लेसियर लेकको आसपासमा गत अक्टोबर ९ को बिहान ४ बजे आफूले खोजेको हिउँ चितुवाको उत्कृष्ट सट लिएर आफ्नो यात्रा पूरा गरेको उल्लेख गरेकी छन् ।

प्राकृतिको संवर्द्धनका लागि फोटो खिचेर दर्जनौं अवार्ड जितेकी पावलोस्कीले नेपालमा आएर लिएका उक्त तस्बिरहरुको प्रशंसा भइरहेको छ ।

 

 


प्रतिक्रिया

One thought on “नेपालका हिमालयमा १०३ माइलको यात्रापछि किटियाको क्यामेरामा कैद भएको हिउँचितुवा

Leave a Reply to Laxman pant Cancel reply

Your email address will not be published. Required fields are marked *