एमआरआरले भन्यो- निराधार आरोपहरू र व्यक्तिगत मनोगत दाबी नगरिदिनुहोस् – Nepal Press

एमआरआरले भन्यो- निराधार आरोपहरू र व्यक्तिगत मनोगत दाबी नगरिदिनुहोस्

काठमाडौं ।  फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएसँगै विभिन्न टिकाटिप्पणी शुरु भएको छ । फेसबुकले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको छ।

फेसबुकले एमआरआरको ग्रुप निष्क्रिय गराइनुको कारण यहि नै हो भन्ने अझै जानकारीमा आउन सकेको छैन । एमआरआरले फेसबुक स्टाटस मार्फतभनेको छ,‘ हामीले फेसबुकको यस कार्यप्रति ‘रिभ्यु रिक्वेस्ट’ गरेका छौँ र यसो हुनुको यथार्थ कारणको खोजी गरिरहेका छौँ ।’

ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ ।

एमआरआरका अनुसार गु्रप २०२० मा कारबाहीमा परेको थियो । ‘त्यसपछि हामीले यस पटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप निस्किृय हुने कुनै पनि त्यस्ता पोष्टहरु ग्रुपमा छैनन्।’एमआरआरले भनेको छ ।

एमआरआरलाई फेसबुकले निष्कृय बनाएको खबरले सामाजिक सञ्जालमा ग्रुपका सदस्यहरुले एमआरआर बन्द हुनुमा नेताको हात रहेको भन्दै आरोप लगाएको छ ।

तर एमआरआरले भने यथार्थ कारण खुल्नु अघि कोही कसैप्रति निराधार आक्षेप लगाउने र प्रायोजित शंका आशंका गर्ने पक्षमानभएको बताएको छ । निराधार आरोपहरू र व्यक्तिगत मनोगत दाबी तथा हल्लाहरूको पछि नलागी धैर्य गरिदिन आग्रह गरेको छ ।

एमआरआरले भनेको छ,‘आशा अनि कामना गरौं हामी छिट्टै फर्किनेछौँ । यसबीच ग्रुप निष्क्रिय भएको प्रति दुःख व्यक्त गर्नुहुने र छिट्टै सक्रिय होस् भन्ने कामना गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।धन्यवाद ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर