‘गण्डकीका ३६ मध्ये २२ सीट जित्छौँ, चुनावपछि बहुमतसहित केपी ओली प्रधानमन्त्री’ – Nepal Press
नेपाल टक

‘गण्डकीका ३६ मध्ये २२ सीट जित्छौँ, चुनावपछि बहुमतसहित केपी ओली प्रधानमन्त्री’

पृथ्वीसुब्बा भन्छन्- देव गुरुङ टुरिस्ट उम्मेदवार हुन्, मनाङ र कास्कीले अस्वीकार गरेपछि मैले लमजुङ ल्याएको थिएँ

पोखरा । गण्डकीमा दोस्रो पटक मुख्यमन्त्री बन्ने तयारी जुटेका नेकपा एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले तल होइन माथि चाहिन्छ भन्यो । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवार बनेका छन् ।

उनको भिडन्त माओवादी महासचिव देव गुरुङसँग हुँदै छ । स्थानीय तह निर्वाचनमा लमजुङका वडामा एमालेबाट वडाध्यक्ष उम्मेदवारले पाएको मत गठबन्धनका उम्मेदवारले पाएको मत भन्दा १५ सय मतले मात्रै कम छ ।

एमाले उप–महासचिव र माओवादी महासचिवको भिडन्त रोचक हुने आङ्कलन गर्न सकिन्छ । निर्वाचनको सेरोफेरोमा पृथ्वीसुब्बा गुरुङसँग नेपाल प्रेसका अनिष भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ गुरुङसँगको कुराकानी: नेपाल टकमा ।

लमजुङबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ, जित्छु भन्नेमा कत्तिको कन्फिडेन्ट हुनुहुन्छ ?

९५ प्रतिशत ढुक्क छ ।

जितका आधार के के हुन् ? तपाईँलाई प्रतिनिधिसभा निर्वाचन जित्न अलिक अप्ठेरै छ पनि भनेको सुनिन्छ ?

पहिलो कुरा चाहिँ म ४५ वर्षदेखि लमजुङका जनताको सेवाका लागि, लमजुङको विकासका लागि, समृद्धिका लागि काम गरेको मान्छे हुँ । दोस्रो कुरा म चाहिँ मुख्यमन्त्री बनेर प्रदेशमा काम गरेर देखाइसकेको छु । आम जनतामा मैले काम गर्न सक्छु भन्ने विश्वसनीयता देखाएको छु ।

तेस्रो कुरा, पार्टी पंक्तिमा गण्डकी प्रदेशको सबैभन्दा सिनियर नेता हुँ र केन्द्रीय तहमा मेरो एक्सेस छ भन्ने पनि यहाँका जनतालाई थाहा छ । चौथो कुरा, मेरो प्रतिस्पर्धी माओवादी केन्द्रबाट हुनुहुन्छ । अहिले माओवादी र कांग्रेसभित्रै विग्रह छ । माथि केन्द्रबाट गठबन्धनको एकखालको निर्णय हुन्छ तर तल्ला तहमा ती निर्णयले असन्तुष्ट बनेकाहरू धेरै छन् । यिनै कारण मैले लमजुङमा जित्छु भन्ने विश्वास छ । मैले जुन कार्यक्रमहरू लमजुङमा अघि बढाएँ, जुन योजनाहरू बनाएँ, त्यसमा पनि व्यापक जनसहभागिता छ ।

माओवादी महासचिवसँग तपाईँको भिडन्त हुँदै छ । तपाईँको नजरमा उहाँ कस्तो नेता हो ?

उहाँ एभरेज खालको नेता हो । उहाँ अहिले लमजुङमा मेरो प्रतिद्वन्द्वी हुनुहुन्छ । लमजुङमा उहाँ टुरिस्ट उम्मेदवार हो । लमजुङ जिल्ला र लमजुङको विकास, जनताको सेवामा उहाँको कुनै पनि योगदान छैन । अघिल्लो पटक उहाँ लमजुङबाट जितेर सांसद बन्नुभयो । तर यो पाँच वर्षमा उहाँको केही पनि योगदान रहेन, लमजुङका लागि ।

देव गुरुङसँग जित्न नसकिने आँकलनले तपाईँले प्रदेशमै लडेर सेफ ल्यान्डिङ गर्न खोज्नुभएको हो ?

गलत । देव गुरुङ लमजुङ आउनुहुन्छ भन्ने थाहा नै थिएन, जब मैले प्रदेशमा लड्छु भनेको थिएँ,मैले के भनेको थिएँ भने, प्रदेशमा मैले नयाँ कामहरू थालेको थिएँ । पछि सरकार ढलेपछि ती कामहरू अपूरा भएका छन्, फेरि एक पटक पार्टीले प्रदेशमा नै जान भन्यो भने प्रदेशमै आएर अपूरा कामहरू पूरा गर्छु भनेको हुँ ।

देव गुरुङबाट भाग्न खोजेर मैले प्रदेशसभा लड्छु भनेको होइन । सुरुमा त लमजुङमा कांग्रेसको उम्मेदवार आउँछ भन्ने थियो नि, पछि गठबन्धनको भागभण्डाले पो माओवादीले पाएको हो ।

तर पार्टीभित्रै धेरै साथीहरूले मलाई अब तपाईँ केन्द्रमा उठ्नुपर्छ भन्नुभयो । भोलि विपक्षीबाट कुन क्यान्डिडेट आउँछ भन्दा पनि हाम्रो पार्टीको जनसंगठन कस्तो छ, लमजुङप्रति हाम्रो सेवा भाव कस्तो छ भनेर हेर्ने हो । देव गुरुङबाट भाग्न खोजेर मैले प्रदेशसभा लड्छु भनेको होइन । सुरुमा त लमजुङमा कांग्रेसको उम्मेदवार आउँछ भन्ने थियो नि, पछि गठबन्धनको भागभण्डाले पो माओवादीले पाएको हो ।

देव गुरुङ पनि लमजुङमा काम गरेको छु, जित्न सहज छ भनेर जोडतोडले लागिरहनुभएको छ नि ?

अघिल्लो पटक वाम गठबन्धन हुँदा देव गुरुङजीले मनाङ वा कास्कीमा उम्मेदवार बन्न चाहनुभएको थियो । उहाँको पहिलो रोजाई लमजुङ थिएन । मनाङ र कास्कीमा उहाँलाई स्वीकार नगरेपछि चुनावपछि पार्टी एकता हुन्छ भन्ने सोचेर पार्टी एकताका बेला उहाँहरूको रोल पनि धेरै हुन सक्ने आँकलनले मैले नै उहाँलाई लमजुङ लगेको हुँ ।

पार्टी एकता भयो, जुन बचाउन सकिएन । पार्टी एकता जोगाउने सवालमा उहाँको रोल खलनायकको रह्यो । उहाँ नकारात्मक तरिकाले पार्टी नेतृत्वको विरुद्धमा लाग्नुभयो । उहाँको त्यो भूमिकाले अहिले पनि लमजुङका वामहरू उहाँप्रति सकारात्मक हुनुहुन्न ।

मनाङ र कास्कीमा उहाँलाई स्वीकार नगरेपछि चुनावपछि पार्टी एकता हुन्छ भन्ने सोचेर पार्टी एकताका बेला उहाँहरूको रोल पनि धेरै हुन सक्ने आँकलनले मैले नै उहाँलाई लमजुङ लगेको हुँ ।

तपाईँ सुरुमा प्रदेशमै लडेर फेरि मुख्यमन्त्री बन्ने आकांक्षा राख्नुभएको थियो । तपाईँको इच्छा बेगर प्रतिनिधिसभामा उम्मेदवार बनाइनुभएको छ । नचाहेको ठाउँमा जानुको सट्टा नयाँ उम्मेदवार उठाएर चुनाव लड्दिनँ भन्न किन नसक्नुभएको ?

मैले त मुख्यमन्त्री दोहोरिने कि भन्ने इच्छा मात्र जाहेर गरेको थिएँ । संघमा उठ्ने इच्छा नै छैन भनेको होइन । पार्टीले जहाँ पठाउँछ, पार्टीको आवश्यकता अनुसार हामी जाने हो । मलाई पार्टी अध्यक्षले संघमा तपाईँको आवश्यकता देखियो, अब तपाईँ माथि आउनुहोस् भन्नुभयो । तल प्रदेशमा अर्को साथीलाई अघि बढाऊँ भन्ने कुरा भयो । अध्यक्षको कुरालाई मैले सहर्ष स्वीकार गरेर संघमा चुनाव उठेको हुँ ।

पार्टी नेतृत्व तपाईँप्रति केही अनुदार बनेको छ भन्ने टिप्पणी आएका छन् नि ? संघीयता, संसद् विघटनका मामिलामा तपाईँले दिएका अभिव्यक्तिले पार्टी अध्यक्ष चिढिनु भएको हो ?

पृथ्वीसुब्बा गुरुङलाई कसरी बुझ्नुपर्छ भने, पृथ्वीसुब्बालाई लागेका कुरा उसले मार्क्सवादी विश्वासका आधारमा विश्लेषण गर्छ, विचारका आधारमा विश्लेषण गर्छ । सिद्धान्तलाई टेकेर विश्लेषण गर्छ । संघीयता र संसद् विघटनका बारेमा मैले जेजे अभिव्यक्ति दिएँ, सबै विचार, विश्वासका आधारमा भनेको हुँ ।

संघीयताको कार्यान्वयन गर्न संघ सरकारले भूमिका नै निर्वाह गरेन भनेर भनेको होइन । काम गर्न ढिला, अपर्याप्त भयो भनेर भनेको थिएँ । ती अभिव्यक्तिलाई नै मानेर कतिपयबाट पृथ्वीसुब्बा केपी ओली विरोधी भयो भनेर चित्रण गर्ने काम नभएको पनि होइन । संसद् विघटनको कुरा पनि संवैधानिक रूपमा गलत भयो भनेर मैले भनेको हुँ । तर राजनीतिक रूपमा संसद् विघटन हाम्रो आवश्यकता थियो भन्ने कुरामा मेरो दुई मत थिएन ।

अहिले एमालेविरुद्ध देशव्यापी गठबन्धन छ । एमालेले अहिलेको अवस्थामा संघमा कति सिट ल्याउने देख्नुहुन्छ ? गण्डकीमा कति सिट एमालेले जित्न सक्छ ?

लमजुङबाट सुरु गरौँ । मेरो क्षेत्रमा जम्मा दुई दलको गठबन्धन छ । जनता समाजवादी पार्टी हामीसँग आइसक्यो, राप्रपाको छैन । नेकपा एसको उपस्थिति नगण्य छ । बाँकी माओवादी केन्द्र र नेपाली कांग्रेसको मात्रै गठबन्धन हो त्यहाँ । लमजुङमा चार दलीय, पाँच दलीय गठबन्धन भन्ने नै छैन ।

गण्डकीकै पनि धेरै स्थानमा दुई दलको गठबन्धन छ । गण्डकीका प्रतिस्पर्धामा हामी धेरै नै अगाडि छौँ । गण्डकी प्रदेशसभामा ३६ मध्ये २२ वटा निर्वाचन क्षेत्र जित्छौँ भन्ने हो, कम भयो भने २० वटा निर्वाचन क्षेत्र प्रत्यक्ष जित्छौँ ।

कतिपयबाट पृथ्वीसुब्बा केपी ओली विरोधी भयो भनेर चित्रण गर्ने काम नभएको पनि होइन । संसद् विघटनको कुरा पनि संवैधानिक रूपमा गलत भयो भनेर मैले भनेको हुँ । तर राजनीतिक रूपमा संसद् विघटन हाम्रो आवश्यकता थियो भन्ने कुरामा मेरो दुई मत थिएन ।

संघका कुरा गर्दा विपक्षी गठबन्धन भए पनि हामी अहिले बहुमत ल्याउन सक्छौँ भन्ने मूल्यांकन छ । बहुमत ल्याउने आधार पनि छन्, बहुमत आउँछ भनेरै अघि बढेका छौँ । यति सिट भन्दा पनि के चाहिँ भन्छु भने मंसिर ४ पछि केपी ओलीको नेतृत्वमा नेपालमा नेकपा एमालेको सरकार बन्छ ।

अरू दलहरूको अवस्था कस्तो हुने आँकलन छ ?

यो चुनावमा माओवादी केन्द्रले आफ्नो अस्तित्व चाहिँ जोगाउँछ । तर उसले इच्छा गरेको जस्तो भोट ल्याउन सक्दैन । नेकपा एसको हरिबिजोग नै हुने देख्छु । लोसपा पनि अघि बढ्ने अवस्था छैन । अबको चुनाव पछि ३ प्रतिशत थ्रेसहोल्ड कटाउने पाँच वटा मात्रै दल हुन्छन् जस्तो लाग्छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले मात्रै राष्ट्रिय पार्टीको रूपमा प्रतिनिधिसभामा आउँछन् । यी पाँच दलमा पनि ३ दलको गठबन्धन एकातिर छ भने २ वटाको गठबन्धन अर्को तिर छ । यसले गर्दा हामी धेरै अघि छौँ, शक्ति, प्रभाव र जित्न सक्ने सिटको हिसाबमा ।

तपाईँ र एमाले नेता खगराज अधिकारीबीचको टसल ओपन सेक्रेट नै छ, दुवैले अस्वीकार गरेपनि । खगराजलाई प्रदेशमा झारेर तपाईँलाई संघमा तानिएको छ । यसको कारक पनि तपाईँहरूकै टसल हो ?

बासी कुराहरू किन गर्नुहुन्छ ? यो त हिजो पनि हल्ला चलाएका हुन् । खगराज अधिकारी र म एउटै जिल्ला, एउटै निर्वाचन क्षेत्रको पनि होइन । उहाँ अहिले प्रदेशमा जानुभएको छ, म प्रतिनिधिसभामा आएको छु । भोलि प्रतिनिधिसभामा हुने प्रतिस्पर्धा पनि उहाँसँग होइन । अब बन्ने प्रदेशसभामा उहाँको प्रतिस्पर्धी म पनि होइन । यो पुराना, बासी कुरा हुन् ।

तर पोखरा महानगरपालिका प्रमुखको चुनावमा तपाईंहरुबीचकै पावर सेयरिङको टसलले गुम्यो भन्ने त छ नि फेरि ?

पोखरामा मात्रै एमाले हारेको हो ? काठमाडौंमा केशव स्थापित के भएर हारेको ? भरतपुरमा हाम्रा उम्मेदवार विजय सुवेदी क-कसको विवादले हारेको ? पोखरामा पो खगराज र पृथ्वीसुब्बाबीच विवाद छ भनेर देखाउन विवादले हार्‍यो एमालेको उम्मेदवार भनियो । बुटवल, धरान, विराटनगरमा एमाले हार्दा कुनै गुट नहुने, पोखरामा हार्दा मात्रै गुटले हार्‍यो भन्ने ? यो बनावटी टिप्पणी हो ।

गण्डकी प्रदेशसभामा ३६ मध्ये २२ वटा निर्वाचन क्षेत्र जित्छौँ भन्ने हो, कम भयो भने २० वटा निर्वाचन क्षेत्र प्रत्यक्ष जित्छौँ । संघका कुरा गर्दा विपक्षी गठबन्धन भए पनि हामी अहिले बहुमत ल्याउन सक्छौँ भन्ने मूल्यांकन छ ।

तपाईँले एमालेबाट अबको मुख्यमन्त्री लमजुङकै जमिन्द्रमान घले हुनुहुन्छ भन्ने खालको प्रतिक्रिया दिइसक्नु भएको छ । चुनाव अघि नै मुख्यमन्त्री उहाँ नै हुनुहुन्छ भनेर भन्नुको आशय के हो ? केहीले यो भनाइ खगराज अधिकारीलाई हतोत्साहित बनाउन भनिएको हो भनेर पनि लिएका छन् नि ?

मिडियाले मेरो अभिव्यक्तिलाई यसरी नै बुझ्छन् भन्ने मलाई थाहा थियो । मैले के भनेको थिएँ भने खगराजजी चाहिँ पहिलो नम्बरको क्यान्डिडेट हो । उहाँ संगठन विभाग प्रमुख, स्थायी कमिटी सदस्य हुनुहुन्छ, यस कारण हाम्रो एमालेबाट मुख्यमन्त्रीको क्यान्डिडेट उहाँ नै हो भनेर भनेको थिएँ । त्यसपछाडिको सम्भावित व्यक्ति, वेटिङ लिस्टमा राख्न सकिने व्यक्ति जमिन्द्रमान घले, रवीन्द्र अधिकारी, भीम कार्की, सीता सुन्दास हो भनेर भनेको थिएँ ।

खगराजपछि मुख्यमन्त्रीको दाबेदार उहाँहरू हुनुहुन्छ भनेर भन्या हो । यही लिस्टमा पनि खगराजजी पछि राख्न सकिने व्यक्ति जमिन्द्रमानजी हो भनेको हुँ । जिल्ला विकास समिति सभापति, संविधानसभा सदस्य भइसकेको हिसाबले प्रशासनिक अनुभव भएको मान्छे भएकाले जमिन्द्रमान घले पनि खगराजजी पछि वैकल्पिक रूपमा सम्भावना छ भनेको हुँ । त्यसलाई तोडमोड गरेर खगराजविरुद्ध जमिन्द्रमान उठायो पिएसले भनेर प्रचार गरियो ।

अघिल्लो कार्यकाल तपाईँले प्रदेशसभामा मुख्यमन्त्री भएर काम गर्नुभयो । अब संघमा जान लाग्नुभएको छ । तपाईँहरूकै हिसाबमा त अब एमालेले सरकार बनाउला । संघ सरकारमा रहेर संघीयता संस्थागतका लागि कसरी काम गर्नुहुन्छ ?

अबको चुनाव पछि ३ प्रतिशत थ्रेसहोल्ड कटाउने पाँच वटा मात्रै दल हुन्छन् जस्तो लाग्छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले मात्रै राष्ट्रिय पार्टीको रूपमा प्रतिनिधिसभामा आउँछन् ।

पहिलो कुरा हामीले संविधान कार्यान्वयन गर्ने हो । संविधानको कार्यान्वयन भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र बाँच्छ । संविधान कार्यान्वयन नगरी हाम्रो एजेन्डा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पनि अघि बढ्दैन । संघीयताको मर्म अनुसार काम हुनुपर्छ, त्यसरी काम गर्ने मान्छेको पनि संघमा अभाव भएर म संघमा उठेको हुँ । संघीयता कार्यान्वयन गर्ने कुरामा म तल हुँ वा माथि, जहाँ भएपनि आवाज उठाउँछु ।

संघीयता संस्थागत गर्छौँ, संविधान बचाउँछौँ पनि भन्ने अनि ठ्याक्कै विपरीत विचार बोकेको राप्रपालाई बोकेर पनि हिँड्ने एमालेको दोगला चरित्र बनेन ?

कांग्रेस र माओवादी चाहिँ आफ्नो सिद्धान्त मिलेर गठबन्धन गरेका हुन् र ? चुनावी गठबन्धन प्राविधिक कुरा हो, सैद्धान्तिक कुरा होइन । हामीले केही ठाउँमा राप्रपाको सहयोग लिएका छौँ, ३ ठाउँमा उनीहरूलाई सहयोग गरेका छौँ । उनीहरूको धर्मनिरपेक्षता उल्टाउनुपर्ने विचारमा सहमत भएर, हिन्दुवादी विचार मानेर उनीहरूलाई सहयोग गरेका होइनौँ ।

मैले के भनेको थिएँ भने खगराजजी चाहिँ पहिलो नम्बरको क्यान्डिडेट हो । उहाँ संगठन विभाग प्रमुख, स्थायी कमिटी सदस्य हुनुहुन्छ, यस कारण हाम्रो एमालेबाट मुख्यमन्त्रीको क्यान्डिडेट उहाँ नै हो भनेर भनेको थिएँ । त्यसपछाडिको सम्भावित व्यक्ति, वेटिङ लिस्टमा राख्न सकिने व्यक्ति जमिन्द्रमान घले, रवीन्द्र अधिकारी, भीम कार्की, सीता सुन्दास हो भनेर भनेको थिएँ ।

अहिले हाम्रो वरिपरि घेराबन्दी छ । त्यही घेराबन्दी तोड्न राप्रपाको सहयोग लिएका हौँ । भोलि स्वतन्त्रता र स्वाधीनता रक्षाको लडाइँमा कांग्रेस, माओवादीको भन्दा राप्रपाको सहयोग बढी हुन सक्छ भनेर उनीहरूलाई सहयोग गरेका हौँ । राप्रपा र हामीबीच कुनै सैद्धान्तिक विषयमा सहमति भएर तालमेल चाहिँ भएको होइन भन्ने बुझ्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर