ट्वीटरको स्वामित्व लिएपछि एलन मस्कले भने- चरा अब स्वतन्त्र भएको छ – Nepal Press

ट्वीटरको स्वामित्व लिएपछि एलन मस्कले भने- चरा अब स्वतन्त्र भएको छ

काठमाडौं । विश्व धनाढ्य एलन मस्कले सामाजिक सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व आफ्नो हातमा लिएका छन् । मस्कले केही समयअगाडिनै ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए ।

सम्झौताको केही समयपछि मस्कले स्पाम खाता र साइबर सुरक्षाको विषयमा आफूलाई सही जानकारी नदिइएको र ट्वीटरले वाक स्वतन्त्रताको सही अभ्यास नगरेको बताउँदै पछि हट्ने संकेत गरेका थिए । सोही विषयमा उनीविरुद्ध मुद्दासमेत परेको थियो । हाल मस्कले पुरानो सम्झौता अनुरूप नै ट्वीटर खरिद गरेका हुन् । ट्वीटरको लोगोमा अंकित चरालाई संकेत गर्दै उनले अब चरा स्वतन्त्र भएको बताएका छन् ।

ट्वीटरको स्वामित्व लिएलगत्तै मस्कले सीईओसहित उच्च कर्मचारी बर्खास्त गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वासिङ्टन पोस्टका अनुसार उनले ट्वीटरका ७५ प्रतिशत कर्मचारी कटौती गर्ने सम्भावना छ । यसलाई मस्कले भने अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *