म्ह: पूजामा मेयर बालेन (तस्बिरहरू) – Nepal Press

म्ह: पूजामा मेयर बालेन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ म्ह: पूजामा सहभागी भएका हुन् । बुधबार साँझ म्ह: पूजाको तस्बिरहरू सार्वजनिक गरेका छन् ।

खासगरी म्ह: पूजा नेवार समुदायले आफ्नो पहिचान मान्ने यो पर्व अरु जातजातिले पनि उत्तिकै महत्वका साथ लिन थालेका छन् । जसले सामाजिक सद्भावसँगै धार्मिक समन्वयको कडीका रूपमा टेवा पुर्‍याएको छ । बालेन आफैँ पनि मधेसी मूलका हुन् । नेवारहरूको बाहुल्य रहेको नगरका मेयर उनी पत्नी सविना काफ्लेसहित म्ह: पूजामा सहभागी भएका हुन् ।

उनको पोस्टमा अधिकांशले धर्म, संस्कारहरूको पालना गर्दै यसको संरक्षण र सम्बर्द्धनसहित नयाँ पुस्तामा हस्तान्तरणका लागि जनप्रतिनिधिको यस्तै सहभागिताको आवश्यकता औंल्याउँदै सह्राहना जनाएका छन् ।

बालेनले चुनावताका आफ्नो एजेण्डामा महानगरको जात्रा, चाडपर्वलगायतका साँस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरपालिकाको स्थानीय संस्कृति प्रबर्द्धन गरिने बताएका थिए । अन्तर्राष्ट्रियस्तरमा कुकुर तिहार र म्ह: पूजाको ब्रान्डिङ गरिने उनको प्रतिबद्धता थियो ।

र्‍यापरसमेत रहेका बालेनले मंगलबार लोकभाकामा भट्याउँदै वरिष्ठ अभिनेता हास्य कलाकार हरिवंश आचार्यको घरमा ‘महापुरुष’ टीमसँग देउसी खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर