जब खसीको मासु पकाउने विषयमा श्रीमानश्रीमतीकाे झगडामा छिमेकीको मृत्‍यु भयाे – Nepal Press

जब खसीको मासु पकाउने विषयमा श्रीमानश्रीमतीकाे झगडामा छिमेकीको मृत्‍यु भयाे

काठमाडौं । सानातिना कुरामा पनि कहिलेकाहीं घर झगडा हुनुलाई सामान्य नै मानिन्छ । तर, घरमा खसीको मासु पकाउने वा नपकाउने विषयमा भएको झगडाले कसैको ज्यान नै लियो भन्दा धेरैलाई अपत्यारिलो लाग्नसक्छ ।

यस्तै असामान्य घटना घट्यो भारतको मध्य प्रदेशको भोपालमा । भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत मंगलबारको हो । भोपालका पप्पु अइरवार कामबाट फर्किने क्रममा घरमा खसीको मासु बोकेर आएका थिए । तर, उनकी पत्नीले मंगलबारको दिन मासु खान नहुने बताइन् । उनले उक्त मासु नपकाउने अड्डी कसिन् ।

ल्याएको मासु नपकाउने भनेपछि श्रीमान र श्रीमतीबीच भनाभन भयो । भनाभन श्रीमानश्रीमतीको घर झगडामा परिणत भयो । झगडाले चर्को रुप लिएपछि आइपुग्छन् छिमेकी बिल्लु । उनी के कारणले झगडा भएको भनी बुझ्ने आएका थिए । उनले श्रीमानश्रीमतीको झगडा साम्य पार्ने प्रयास पनि गरे । बिल्लु उनीहरुलाई शान्त पार्न सफल पनि हुन्छन् र आफ्नो घर लाग्छन् ।

तर, आफूहरुको निजी कुरामा हस्तक्षेप गरेको भन्दै पप्पु बिल्लुको घर जान्छन् । बिल्लुमाथि निर्घात कुटपिट गर्छन् । कुटपिटकै कारण बिल्लुको मृत्‍यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर