ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का – Nepal Press

ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री हुने लगभग निश्चित भएको छ । प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि बोरिस जोन्सन, ऋषि सुनक र पेनी मोर्डन्ट प्रधानमन्त्रीको दौडमा थिए । आइतबार जोनसन दौडबाट बाहिरिएपछि अब ऋषि सुनक र पेनीमात्रै प्रधानमन्त्रीको दौडमा छन् ।

बेलायतको संसदमा रहेका ३५७ सांसदमध्ये प्रधानमन्त्री बन्न एक सयभन्दा बढी सांसदको समर्थन आवश्यक हुने गर्छ । बीबीसीका अनुसार सुनकलाई १५५ सांसदले समर्थन गरेका छन् । पेनीसँग ५५ सांसदको समर्थन छ ।

आज बेलुका हुने अनलाइन भोटिङले परिस्थितिलाई थप स्पष्ट बनाउनेछ । आज नै बेलायतले नयाँ प्रधानमन्त्रीसमेत पाउनेछ । नयाँ प्रधानमन्त्रीले २८ अक्टोबरमा सपथग्रहण गर्नेछन् र २९ मा मन्त्रिपरिषद् गठन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर