गृहमन्त्री खाणसँग अमेरिकी राजदूतको भेटवार्ता – Nepal Press

गृहमन्त्री खाणसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले भेट गरेका छन् ।

मन्त्रालयमा आइतबार भएको भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार जनाउँदै उनले सहयोगको निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुन लागेको जानकारी गराउँदै मन्त्री खाणले सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए । राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सबल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर