पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने – Nepal Press

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आगामी ५ वर्ष सम्म चुनाव लड्न नपाउने भएका छन् । आफू सत्तामा रहेको बेला प्राप्त गरेका उपहारबारे गलत जानकारी दिएको भन्दै खानलाई त्यहाँको निर्वाचन आयोगले चुनाव लड्न अयोग्य घोषणा गरेको हो ।

वर्तमान प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै उनी उजुरी दिएका थिए ।

निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेका उपहारको विवरण नबुझाएको रांझाको आरोप थियो । सोही उजुरीको आधारमा प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।

आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही समेत सुरु हुन सक्ने जनाइएको छ । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष समेत रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर