काम गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री ट्रसले छ हप्तामै दिइन् राजीनामा – Nepal Press

काम गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री ट्रसले छ हप्तामै दिइन् राजीनामा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् । निर्वाचित भएको दुई महिना नपुग्दै उनले राजीनामा दिएकी हुन् ।

उनले आफू जुन म्यान्डेडका साथ निर्वाचित भएको हो त्यसअनुसार जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै राजीनामा दिएको जनाएकी छन् । कन्जरभेटिभ पार्टीले आफूलाई करको दर घटाएर आर्थिक वृद्धि गराउने म्यान्डेडसहित प्रधानमन्त्री बन्न उठाएका स्मरण गर्दै ट्रसले आफूले त्यो जिम्मेवारी पूरा गर्न नसकेको भनेर राजीनामा दिएकी हुन् ।

बीबीसीका अनुसार अर्को हप्ता नयाँ प्रधानमन्त्री चुनिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *