इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध – Nepal Press

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

जाकार्ता । इन्डोनेसियामा ९९ जना बालबालिकाको मृत्युपछि देशभर सबै सिरप र तरल औषधिको बिक्रीमा प्रतिबन्ध लगाइएको छ । गाम्बियामा कफ सिरपका कारण करिब ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो । इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो, जसका कारण यस वर्ष ९९ साना बालबालिकाको मृत्यु भएको छ ।

उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पन्न गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन् । बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले भने कि उनीहरूले बच्चाहरूमा एकेआईका करिब २०० केस रिपोर्ट गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर