भारतमा फेरि बढ्यो कोरोना, एकै दिन थपिए दुई हजार बढी संक्रमित – Nepal Press

भारतमा फेरि बढ्यो कोरोना, एकै दिन थपिए दुई हजार बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि बढेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहीबारमात्र भारतमा २ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५४० पुगेको छ । विगत १५ दिनभित्र भारतको महाराष्ट्रमा मात्र १८ जनामा ओमिक्रोनको सब भ्यारियन्ट एक्सएक्सबी संक्रमण भएको छ । महाराष्ट्र स्वास्थ्य विभागका अनुसार नोभेम्बरको बीचमा एक्सएक्सबी संक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बुधबारमात्र कोरोना भाइरस संक्रमण हालसम्म पनि विश्व स्वास्थ्य संकटको रुपमा कायमै रहेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकपछि विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर