विश्वका गगनचुम्बी टावर, कुन कति अग्ला ? – Nepal Press

विश्वका गगनचुम्बी टावर, कुन कति अग्ला ?

काठमाडौं । उचाइलाई विशेष गरी नेतृत्व र सम्पन्नताको प्रतिकको रुपमा लिने गरिन्छ । सम्भवत यसै कारणले गर्दा विश्वका सम्पन्नशाली वा विकसित मुलुकहरुले ठूला ठूला टावर तथा भवन निर्माणलाई प्राथमिकतामा राखेको देखिन्छ । यसो त यस किसिमका असामान्य टावर तथा भवनहरुले व्यवसायिकताको पनि प्रचुर सम्भावना बोकेका हुन्छन् । यस लेखमा हामी विश्वका ६ गगनचुम्बी टावर र यिनका विशेषताको बारे चर्चा गर्ने छौ ।

आइफेल टावर

फ्रान्समा अवस्थित आइफेल टावरलाई फ्रान्सको सानको रुपमा लिने गरिन्छ । सन् १८८९ मा निर्माण भएको यो गगनचुम्बी टावरको कुल उचाइ ३२४ मिटर रहेको छ । निर्माणको समयमा यो टावर विश्वको सबैभन्दा अग्लो टावर थियो । फ्रान्सको राजधानी पेरिसमा अवस्थित यस टावर यसको आकर्षण र भव्यताको लागि विश्वभर परिचित छ । फ्रान्स क्रान्तिको २० वर्ष पूरा भएको खुशियालीमा यो टावरको निर्माण भएको थियो । यो टावरसँग जोडिएको एउटा रोचक प्रसङ्ग के छ भने निर्माण गर्नुपूर्व यस टावरलाई मात्र २० वर्षको लागि कायम राख्ने र त्यसपछि नष्ट गरिने सहमति भएको थियो । यद्यपी २० वर्षपछिको परिक्षणमा पनि आइफेल टावरको गुणस्तरमा कुनै कमी नआएको पाइएपछि यो टावरलाई नष्ट गरिएन हाल पनि बेला बेलामा यो टावरको गुणस्तर परिक्षण गरी राखिन्छ ।

इन्टरनेसनल कमर्स सेन्टर

हङकङमा अवस्थित यस गगनचुम्बी भवनको कुल उचाइ ४८४ मिटर रहेको छ । यस टावरको सन् २००२ मा निर्माण सुरु भएको थियो भने निर्माण सम्पन्न सन् २०१० मा भएको थियो । यस टावरमा कुल १०८ तला रहेका छन् ।

सांघाई वर्ल्ड ट्रेड सेन्टर

सन् १९९७ मा निर्माण सुरु भई सन २००८ मा निर्माण सम्पन्न भएको सांघाई वर्ल्ड ट्रेड सेन्टरको कुल उचाइ ४९२ मिटर रहेको छ । यो टावर निर्माण गर्दा १.२ बिलियन अमेरिकी डलरको लागत लागेको थियो । यस टावरमा कुल १०१ तला रहेका छन् ।

ताइपे १०१

सन् १९९९ मा निर्माण सुरु भई २००४ मा निर्माण संम्पन्न भएको ताइपे १०१ को कुल उचाइ ५०८ मिटर रहेको छ । यो तावर झण्डै २ बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको हो । यस टावर १०१ तलाको छ ।

बुर्ज खलिफा

सन् २००४ मा निर्माण सुरु भई २००९ मा निर्माण संम्पन्न भएको यस टावरको कुल उचाइ ८२८ मिटर रहेको छ । यो टावर १.५ बिलियन डलरको लागतमा निर्माण भएको हो । यस टावर १६३ तलाको छ । हालको समयमा यो विश्वको सबै भन्दा ठूलो टावर हो यद्यपी साउदी अरबमा निर्माणाधीन जेदाह टावर (किङडम टावर) यसको रेकर्ड तोड्ने छ । किङडम टावरको निर्माणको सुरुवात २०१३ मा भएको हो । सुरुवातमा यो टावरको निर्माण २०२० सम्म पुरा गरिने लक्ष्य राखिएको थियो । हाल यो टावर सन् २०२४ सम्म पुरा हुने बताइएको छ । यो टावरको कुल उचाइ हजार मिटर रहने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर