भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा पहिलो पटक दलित समुदायबाट नेतृत्व – Nepal Press

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा पहिलो पटक दलित समुदायबाट नेतृत्व

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा पहिलोपटक दलित समुदायबाट मल्लिकार्जुन खड्गे नेतृत्वमा पुगेका छन् । उनी कांग्रेसमा गान्धी परिवार बाहिरबाट पनि पहिलो पटक नेतृत्वमा पुगेका हुन् ।

प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन् ।

खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । यद्यपि उनलाई गान्धी परिवारकै निकट मानिएको छ ।

खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर