जनयुद्धमा बुवाआमा गुमाएकी अनिता भन्छिन्- माओवादीको गौरव र सहिदको बलिदान जोगाउन बागी बनें – Nepal Press
नेपाल टक

जनयुद्धमा बुवाआमा गुमाएकी अनिता भन्छिन्- माओवादीको गौरव र सहिदको बलिदान जोगाउन बागी बनें

पोखरा ।  सपनामा सहिदले सोध्दै थिए राति
               साँच्चै हाम्रो क्रान्ति सकियो र साथी ?

               छोरीहरु रोको देखें, घरमा आमा भोको देखें
               नेताहरुको शीरमाथि देखें फूलपाती ।

यी गजलका हरफहरु पोखरा र कास्की जिल्लामा एकपटक पुनः सम्झिइन थालेका छन् । एक दशकअघि स्याङ्जाका कवि सुरजले सहिद राजविक्रम भुर्तेल र सीता भुर्तेललाई समर्पण गर्दै लेखेको गजल थियो यो ।

अहिले यो किन पुनः चर्चामा आयो भने, तिनै सहिद राजविक्रम र सीताकी छोरी अनिता भुर्तेल माओवादीका उम्मेदवारविरुद्ध चुनावी मैदानमा छिन् । बुबाआमाको हत्या हुँदा १५ वर्षकी थिइन् अनिता । उनले नै बुवाआमाको भूमिकामा रहेर भाइ बहिनी हुर्काइन् । तर, पार्टी छाडिनन् ।

अहिले अनिता ३३ वर्षकी भइन् । तर, पार्टीले सहिद परिवारलाई बेवास्तामात्र होइन, जनयुद्धकालमै विभिन्न आचरणगत प्रकरणमा कारबाहीमा परेका नेतालाई कास्की ३ मा उम्मेदवारका रुपमा थोपरेपछि विद्रोही उम्मेदवार बनेकी छन् अनिता ।

युद्धकालमा नेकपा माओवादीका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेललाई २०६१ सालमा तत्कालीन शाही सेनाले हत्या गरेको थियो । भुर्तेल र उनकी श्रीमती पोखरा पामेको एक घरमा सेल्टर लिएकै वेला सेनाले घेरा हालेर दुवैजनालाई गोली हानेको थियो ।

त्यसको १८ वर्षयता माओवादीले आफ्ना बुवाको सम्मान नगरेको निष्कर्षसहित भुर्तेलकी छोरी अनिता अहिले माओवादीविरुद्ध चुनावी मैदानमा उत्रिएकी हुन् । उनलाई माओवादीको एउटा पंक्तिको सहानुभूति देखिन्छ ।

कास्की क्षेत्र नम्बर ३ बाट भुर्तेलले माओवादी उम्मेदवार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनविरुद्ध बागी उम्मेदवारी दिएकी हुन् । अनिता भुर्तेलसँग नेपालप्रेसका अनिष भट्टराईले उनको उम्मेदवारी, माओवादी आन्दोलन, माओवादी नेतृत्वलगायतका विषयमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ भुर्तेलसँगको कुराकानीः

– तपाईंको राजनीतिक र पारिवारिक पृष्ठभूमि बताइदिनुहोस् न ?

मेरा बुवा राजविक्रम भुर्तेल माओवादी नेता हुनुहुन्थ्यो । २०४३-४६ सम्म उहाँ जेल पर्नुभयो, राजद्रोहको मुद्दामा । जेलबाट छुटेपछि उहाँ २०५१ सालबाट भूमिगत हुनुभयो जनयुद्धमा । म सानै थिएँ । घरमा सेनाका जवानहरु आएर बस्थे, गोलीगठ्ठासहित । २ वर्षसम्म आर्मीले घरमा बसेर बुवालाई कुरेको थियो ।

२०६१ सालमा बुवाआमालाई एकै ठाउँमा राज्य पक्षबाट मारियो । मैले बुवाआमाको हत्या भयो भन्नेमात्र सुनें । उहाँहरुलाई पामेमा मारिएको भन्ने थाहा पाए पनि अन्तिम पटक उहाँ दुवैको अनुहारसमेत हेर्न दिइएन । शव पनि हामी परिवारले पाएनौं । त्यसपछि ३ बहिनी, १ भाइको जिम्मा पूरै मेरो काँधमा आयो ।

आमा सामान्य घरगृहस्थी चलाउनुहुन्थ्यो । घरमा सेनाको सन्त्राससहित बाँच्यौं । साना भाइबहिनीलाई पनि स्याहार्नुपर्ने अवस्था थियो । २०६१ सालमा बुवाआमालाई एकैठाउँमा राज्य पक्षबाट मारियो । मैले बुवाआमाको हत्या भयो भन्नेमात्र सुनें । उहाँहरुलाई पामेमा मारिएको भन्ने थाहा पाए पनि अन्तिम पटक उहाँ दुवैको अनुहारसमेत हेर्न दिइएन । शव पनि हामी परिवारले पाएनौं । त्यसपछि ३ बहिनी, १ भाइको जिम्मा पूरै मेरो काँधमा आयो ।

बुवाआमाको हत्या भएपछि म माओवादीको वाईसीएलसँग जोडिएँ । वाईसीएलको काममा पनि समय दिन थालें । तर, पछि घरमा समस्या आउन लागेपछि मैले पूरै समय घरमा दिनुपर्‍यो । भाइबहिनी हुर्काउन लाग्दा पार्टीको काममा पछि समय दिन नसकेको हुँ ।

– माओवादीमा किन लाग्नुभयो ? माओवादी आन्दोलनप्रति तपाईंको दृष्टिकोण कस्तो छ ?

मेरो इतिहास नै माओवादी आन्दोलनसँग जोडिएको छ । इतिहास जोडिएकाले म पनि स्वतः माओवादीमा लाग्ने नै भएँ । माओवादी आन्दोलन खास त्यतिवेलाको समयको माग थियो । समयानुकूल नीति थियो । नेतृत्व पनि सबल नै थियो । त्यही नीति र नेतृत्वको आडमा नै आजको व्यवस्था आएको कुरा बिल्कुल सत्य हो । नीति सही थियो र त्यसवेलाको माग थियो भन्नेमा आज पनि म कटिबद्ध नै छु ।

तर, नीतिले मात्र सबथोक नहुने रहेछ । नेतृत्व पनि सोहीअनुसारको हुनुपर्ने रहेछ भन्ने पाठ माओवादी आन्दोलन नै हो । शान्ति सम्झौतापछि हाम्रो नेतृत्वको प्रवृत्ति बदलियो । जंगलमा हुँदा जुन नेतृत्व थियो, त्यो नेतृत्व जंगलबाहिर आएपछि एकाएक व्यवहारगत परिवर्तन देखाउन थाल्यो ।

नीतिप्रति नेतृत्व असल नभएपछि नीति पनि खराब देखिन थाल्छ । माओवादीसँग भएको त्यही हो । अहिले माओवादी नीतिमाथि नै प्रश्न चिह्न खडा छ, यो नेतृत्वको असफलताका कारण हो ।

सरकारमा आएपछि माओवादी नेतृत्वले आफ्नो नीति भुल्यो । नीति नै भुलेपछि आन्दोलन बढ्ने कुरै भएन ।

– आफ्नो इतिहास भएको पार्टी अहिले छाड्नुपर्ने अवस्था कसका कारण आयो ?

नेताका कारण । नेता असल हुन्थे भने म र जनयुद्धका घाइते, अपांगहरु अहिले पनि पार्टीमै हुन्थे । जनयुद्धका जीवित योद्धाहरु अहिले पछुताउनुपर्ने अवस्था छ, केवल नेताका कारण । हिजो जुन त्याग, बलिदान, समर्पण पार्टीका लागि आम कार्यकर्ताले दिएका थिए, आज त्यसलाई पार्टीले महत्व नदिएको देख्छु । पार्टीले बलिदानको वास्ता गरेन ।

अरु पार्टी कुनमा जानु ? एमाले कि कांग्रेस ? आफ्नो फाइदा हेरेर यहाँ जुनै दिन पनि उनीहरुबीच गठबन्धन हुनसक्छ । जुनै दिन तालमेल हुनसक्छ । फाइदा लक्षित सहकार्य हुन्छ यहाँ । जुनै पार्टीमा गए पनि निष्ठा, इमान नभएपछि किन जानु ?

वास्ता केवल अहिले परिवार, आसेपासे, विलाशितामा छ । आफ्नो फाइदाको कुरामा नेतृत्वलाई वास्ता छ । कसरी पैसा कमाउन सकिन्छ, कसरी परिवारका सदस्यलाई अघि लैजान सकिन्छ भन्ने कुरा प्राथमिक भएपछि त्याग, बलिदान प्राथमिकतामा पर्दैनन् र विस्तारै ओझेल पर्न थाल्छन् ।

त्याग, बलिदान अहिले माओवादी पार्टीमा ओझेल परेका छन् । नेताहरु आफूआफू मिलेर कमाउने भाँडो बनाएका छन् पार्टीलाई । यो कुरा मैले पार्टीमा पनि राखेको हुँ । तर, सुनिएन । सुनुवाइ नभए पनि पटकपटक राखेकै हो । तर, यस्ता कुरा अहिले सुनुवाइ नै हुँदैन । सहिदका सवाल उठाउँदा सुनुवाइ नभएपछि नै मैले स्वतन्त्र रुपमै भए पनि बुवा र अन्य सहिदको सवाल उठाउँछु भन्ने दृढता लिएकी हुँ ।

– अन्य पार्टीमा लाग्न सक्ने ढोका त खुलै थियो । पहिला पनि माओवादी आन्दोलन बिसाएर एमालेमा समायोजित भएकै हो । अहिले स्वतन्त्र उठ्ने मन किन भयो ?

अरु पार्टी कुनमा जानु ? एमाले कि कांग्रेस ? आफ्नो फाइदा हेरेर यहाँ जुनै दिन पनि उनीहरुबीच गठबन्धन हुनसक्छ, जुनै दिन तालमेल हुनसक्छ । फाइदा लक्षित सहकार्य हुन्छ यहाँ । जुनै पार्टीमा गए पनि निष्ठा, इमान नभएपछि किन जानु ? यहाँ कुनै पनि नेता आखिर चोखो छैनन् । सबै भ्रष्टैभ्रष्ट छन् ।

स्वच्छ नेता को छ अहिले ? जनताका मुद्दामा खरो उत्रने नेता को छ ? नेता हुनु भनेको जनताको बोली दह्रो गरेर उठाउनु हो, जनताका मुद्दाका लागि सबै लोभ, लालच छाडेर लाग्नु हो । जनताको नाम बेचेर जसले आफ्नो र परिवारको भलाेमात्र हेर्छ, ऊ कसरी नेता हुन्छ ?

माओवादी छाडेर अर्को कुनै पार्टीमा आवद्ध हुन मलाई मनले मानेन । बुवाआमाले यत्रो बलिदान दिएको पार्टी छाडेर अर्को पार्टीमा म कसरी जानसक्छु ? बरु बुवाका सपना, मुद्दा उठाउन म स्वतन्त्र रुपमा लाग्न सक्छु भनेरै स्वतन्त्र उठेकी हुँ ।

माओवादी छाडेर अर्को कुनै पार्टीमा आवद्ध हुन मलाई मनले मानेन । बुवाआमाले यत्रो बलिदान दिएको पार्टी छाडेर अर्को पार्टीमा म कसरी जानसक्छु ? बरु बुवाका सपना, मुद्दा उठाउन म स्वतन्त्र रुपमा लाग्न सक्छु भनेरै स्वतन्त्र उठेकी हुँ ।

– तपाईंलाई चाहिँ अहिले नै चुनाव लड्ने वेला भएको छैन, पछिपछि मौका आउँछ भन्ने टिप्पणी गरिएको सुनियो । वेला नै नभई चुनावमा लड्ने महत्वाकांक्षाले मात्रै तपाईं चुनावमा उठेको हो ?

मैले पार्टीभित्र म अब चुनाव लड्छु भनेर भनेकै थिइनँ । म त आफ्नै परिवारमा रमाएर बसेको मान्छे हुँ । आफ्नै जीवन बाँचिरहेको थिएँ । तर, पार्टीले मेरो परिवारको बलिदानलाई कहिल्यै अर्थ दिएन । सधैं अन्याय गरिरह्यो ।

सरकारको विपक्षमा माओवादी भएकाले मेरो बुवाआमाको हत्या भयो, म बुझ्छु । तर, माओवादी आफैं पटकपटक सत्तामा पुग्दा बुवाआमा जस्ता अरु सहिद, घाइते, अपांगका लागि के गर्‍यो ? ती मुद्दालाई बिर्सनै लागिसक्यो । माओवादीका योद्धा सबैको योगदान नै समाप्तिको बाटोमा पुग्यो, इतिहास नै मेटिने डर भयो । यसकारण इतिहास रक्षार्थ म लड्न लागेकी हुँ ।

– बागी उम्मेदवारी दिनुभएको छ । जित्न सक्नुहुन्छ त ?

जनता अहिले वाक्कदिक्क छन् । सेवा पाएका छैनन् । खुशी छैनन् । यस्तो बेला जनताले मत दिने हामी स्वतन्त्रहरुलाई नै हो जस्तो लाग्छ । राजनीतिक दल जस्तो मेरो ठूलो हुल छैन, दलबल छैन । एक्लै जहाँसम्म खुट्टाले हिँडेर सक्छु, त्यहाँसम्म म मत माग्छु । चुनावमा एक्लै छु । तर, जितें भने म एक्लै हुँदिनँ । सबै जनतालाई साथ लिएर हिँड्छु ।

अध्यक्ष प्रचण्ड आफैं कहाँ सुरक्षित हुन्छु भनेर खोज्दै अहिले गोरखा पुग्नुभएको छ । भविष्य नदेखेर नै, अस्तित्व नै मेटिने डरले अहिले अरु दलसँग मिल्नुपरेको छ । पार्टी कमजोर भएपछि नै त अहिले गठबन्धनको राजनीति चलिरहेको छ । कहिले एमालेको ढाड लाग्नुपरेको छ त कहिले कांग्रेसको ।

चुनावमा उठ्नु भनेको जित्नमात्र होइन । मुद्दा उठाउन हो, मुद्दाको स्थायीकरणका लागि पनि हो । मेरो परिवार सम्पन्न भए पनि बुवाआमाले गरिब, निमुखाको सवाल उठाउँदा ज्यान गुमाउनुपर्‍यो । म पनि गरिब, निमुखाको सवाल उठाउन आएकी हुँ । जित्छु भन्ने लाग्छ ।

– माओवादीका उम्मेदवारप्रति तपाईंको टिप्पणी कस्तो छ ?

उहाँहरु कस्तो हुनुहुन्छ भन्ने कुरा मैले भन्ने होइन । जनताले भन्नुहुन्छ । उहाँहरु चुनावमै हुनुहुन्छ, ठीक/बेठीक छुट्याउने काम त जनताकै हो ।

– माओवादी आन्दोलन र नेताहरुको भविष्य कस्तो देख्नुहुन्छ ?

नेताहरुका कारण माओवादी आन्दोलनले दिनानुदिन विश्वास गुमाइरहेको छ । त्यत्रो आन्दोलन नै आज औचित्यहीन जस्तो गरी प्रस्तुत भएको छ । माओवादी आन्दोलन अहिले बिरामी छ । बिरामी भएपछि उपचार गर्ने हो । माओवादी आन्दोलन बिरामी हुँदा अहिले नै उपचार गरिहाल्नुपर्ने थियो । तर, उपचार गर्ने यहाँ कुनै संकेत छैन । झन् झन् बिरामी हुने बाटोमा गइरहेको छ । घाउ भएपछि कि मलम लगाउने हो, नभए पछि अंग नै काटेर भए पनि फाल्ने हो । पार्टी अहिले बिरामी भएको भ्रष्टाचारले हो, परिवारवादले हो, क्षणिक फाइदाका लागि गरिएका निर्णयले हो । तिनलाई सच्याए पार्टी सन्चो हुन्छ, बलियो बन्छ ।

माओवादी नेताहरुको भविष्य अहिलेकै अवस्थामा चाहिँ छैन नै भन्दा हुन्छ । अध्यक्ष प्रचण्ड आफैं कहाँ सुरक्षित हुन्छु भनेर खोज्दै अहिले गोरखा पुग्नुभएको छ । भविष्य नदेखेर नै, अस्तित्व नै मेटिने डरले अहिले अरु दलसँग मिल्नुपरेको छ । पार्टी कमजोर भएपछि नै त अहिले गठबन्धनको राजनीति चलिरहेको छ । कहिले एमालेको ढाड लाग्नुपरेको छ त कहिले कांग्रेसको ।

व्यवस्था बचाउन गठबन्धन गरेका हौं भन्ने तर्क नेताहरुको आउँछ । व्यवस्था बचाउन मिल्ने त संसदमा हो, चुनावमा होइन । चुनावमा त जनताबाट जाँचिने हो, अरुसँग मिलेर चिट चोरेर जाने होइन ।

कार्यकर्ता पनि उस्तै नै भयौं । नेताले ‘दूध कालो हुन्छ’ भने ‘दूध कालै हुन्छ’ भन्दै हिँड्छौं । नेताको स्वर नै कार्यकर्ताको स्वर बन्छ, ठीक होस् कि बेठीक मतलब छैन । सत्ता आर्जनका लागि गरिएको गठबन्धनले व्यवस्था बच्ने होइन, झन् कमजोर बन्दै जान्छ भन्ने हेक्का नेताहरुले गर्नुपर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर