युक्रेनको किभमा ड्रोनमार्फत रुसी हमला – Nepal Press

युक्रेनको किभमा ड्रोनमार्फत रुसी हमला

किभ । युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ ।

‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ । तर, विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । शहरका मेयर भिटाली क्लिटस्चोकाले एउटा विस्फोट राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *