एमालेका १५ पदाधिकारी चुनावी मैदानमा, को कहाँबाट ? – Nepal Press

एमालेका १५ पदाधिकारी चुनावी मैदानमा, को कहाँबाट ?

तीन उपाध्यक्ष र एक उपमहासविच चुनाव लड्नै चाहेनन्

काठमाडौं । नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना आगामी प्रतिनिधि सभाको निर्वाचनकोे मैदानमा उत्रिएका छन् । तीन उपाध्यक्ष र एक उपमहासविच बाहेक सबै उम्मेदवार बनेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बनेका छन् । ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले उम्मेदवार बनेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५, उपाध्यक्षहरु सुवास नेम्वाङ इलाम २, सुरेन्द्र पाण्डे चितवन १ र विष्णु पौडेल रुपन्देही १ बाट उम्मेदवार बनेका छन् ।

महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार बनेका छन् भने, उपमहासचिव द्वय प्रदीप ज्ञवाली गुल्मी १ र पृथ्वीसुब्बा गुरुङ लमजुङ १ बाट उम्मेदवार बनेका छन् ।

यस्तै, एमालेका सचिवहरु गोकर्ण विष्ट गुल्मी २, योगेश भट्टराई ताप्लेजुङ, पद्मा अर्याल स्याङ्जा २, छबिलाल विश्वकर्मा रुपन्देही १, लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायामाझी अर्घाखाँची १ र रघुवीर महासेठ धनुषा ४ बाट उम्मेदवार बनेका छन्।

यस्तै, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ र उपमहासचिव विष्णु रिमाल चुनावी मैदानमा जानै चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर