कांग्रेसको घोषणापत्र : राष्ट्रलाई सबल बनाउने, संविधान कार्यान्वयन गराउने – Nepal Press

कांग्रेसको घोषणापत्र : राष्ट्रलाई सबल बनाउने, संविधान कार्यान्वयन गराउने

चुनावपछि गठबन्धनको सरकार बनेपछि घोषणापत्र कार्यान्वयन गर्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको घोषणापत्रबारे छलफल थालेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी घोषणापत्रबारे छलफल भइरहेको नेता अर्जुननसिंह केसीले बताए ।

उनले राष्ट्रलाई सवल र सक्षम बनाउने कुुरा नै कांग्रेसको पहिलो प्राथमिकतामा भएको बताए । उनले भने, ‘संविधान र नेपाली जनताको सर्वोच्चता, युवाहरुमा देखिएको बेरोजगारी समस्या, समाजमा रहेको विकृत्ति हटाउनका लागि अभियानकै रुपमा हटाउनुपर्छ । आर्थिक विकासमा सम्मुन्त विकासको लागि गाउँ र सीमान्तकृत क्षेत्रको विकास गर्नुपर्छ भन्ने कुरालाई पनि घोषणापत्रमा समेट्नुपर्छ भन्नेबारे छलफल भइरहेको छ ।’

मधेसको विकास गर्ने कांग्रेस भएको दाबी गरे । कांग्रेसको घोषणापत्र जनताको पक्षमा आउने उनले बताए । आर्थिक विकास र सम्मुन्नत नेपालको यात्रा आफूहरुले तयार पार्नेखालको एजेण्डा घोषणापत्रमा समेटिने उनको भनाइ छ ।

उनले चुनावपछि गठबन्धनको सरकार बनेपछि कांग्रेसले आफ्नो एजेण्डा नछाड्ने बताए । उनले भने, ‘हामी संयुक्त गठबन्धनका साथ निर्वाचनमा जाँदैछौँ । चुनावपछि गठबन्धको सरकार बनेपछि परम्परागत रुपमा बोकेर आएको एजेण्डालाई छाड्ने कुरा हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर