यो निर्वाचन नेपाललाई बचाउने र खरानी बनाउनेबीचको प्रतिस्पर्धा हो : डोरमणि पौडेल – Nepal Press

यो निर्वाचन नेपाललाई बचाउने र खरानी बनाउनेबीचको प्रतिस्पर्धा हो : डोरमणि पौडेल

हेटौँडा । नेकपा एमाले केन्द्रीय सल्लाकार समिति सदस्य एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मंसिर ४ गते हुने निर्वाचन देशलाई बचाउने र खरानी बनाउनेहरुबीचको प्रतिस्पर्धा भएको बताएका छन् ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज नेकपा एमालेको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले देशभक्ति आम नागरिकले देश बचाउनकोा लागि एमालेलाई जित दिलाउनु पर्ने बताए ।

उनले भने ‘यो चुनाव वास्तवमा जीवन-मरणको कुरासँग जोडिएको छ, एमाले हार्दा देश हार्छ तसर्थ देश बचाउनको लागि कतैपनि नसोचि सूर्यमा मतदान गर्नको विकल्प नै छैन ।’ एमालेको नेतृत्वमा सरकार बनेमात्र देश विकास सम्भव हुने भन्दै उनले मुलुकमा विकासको लहर ल्याउनको लागि एमाले सत्तामा जानुपर्ने बताए । राष्ट्र बचाउने जिम्मा देशभक्तहरुको रहेको भन्दै उनले मुलुकलाई खरानी हुनबाट जोगाउन एमाले देशैभर मैदानमा उत्रिएको दाबी गरे ।

राष्ट्रियताको सबालमा एमाले बाहेकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने कुरा आम नागरिकले जानकारी पाइसकेको भन्दै उनले नेपालको स्थायित्व, विकास र अमन चयनको लागि एमालेको बिकल्प नरहेको बताए ।


प्रतिक्रिया

One thought on “यो निर्वाचन नेपाललाई बचाउने र खरानी बनाउनेबीचको प्रतिस्पर्धा हो : डोरमणि पौडेल

  1. ओलिको काल र गठबन्धनको काल दाँजेमा पत्तालागिहाल्छ को विकास प्रेमी भनेर। गठबन्धनको काम त कसरी हुन्छ ठग्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर