नेकपा एसका बाजुरा जिल्ला अध्यक्ष रावल एमालेमा प्रवेश – Nepal Press

नेकपा एसका बाजुरा जिल्ला अध्यक्ष रावल एमालेमा प्रवेश

धनगढी । नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष गगन रावलसहित जिल्ला कमिटीका सदस्यहरु एमालेमा फर्किएका छन् । चुनावी अभियान सुरु हुने क्रममा शुक्रबार उनीहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णवहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । बाजुरामा एमालेबाट प्रतिनिधि सभामा थापा र प्रदेशमा लालवहादुर थापा तथा बलदेव रेगमी उम्मेदवार छन् ।

बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा सबैतिर कांग्रेसले उम्मेदवारी दिएपछि नेकपा एसको जिल्ला कमिटी एमालेतिर लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *