प्रदेश १ मा कांग्रेसबाट २७ उम्मेदवार चुनावी मैदानमा, गठबन्धनलाई ३० सीट (सूचीसहित) – Nepal Press

प्रदेश १ मा कांग्रेसबाट २७ उम्मेदवार चुनावी मैदानमा, गठबन्धनलाई ३० सीट (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ २८ मध्ये १९ वटा निर्वाचन क्षेत्र पाउँदा प्रदेश सभामा भने आधाभन्दा कम सीट मात्र पाएको छ । यद्यपि संघमा धेरै पाएकाले प्रदेशमा कांग्रेसले कम पाएको हो ।

प्रदेश १ का ५६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले गठबन्धनमा २७ सीट पाएको छ । तर ताप्लेजुङलगायत केही क्षेत्रमा कांग्रेसले भागबण्डाविपरीत उम्मेदवारी दिएको आरोप छ ।

ताप्लेजुङमा नेकपा एसले भाग पाएको सीटमा कांग्रेसले उम्मेदवार उठाएपछि फिर्ता लिन दबाब छ । कांग्रेसबाट मुख्यमन्त्रीका सम्भावित दाबेदारका रुपमा गुरुराज घिमिरे, अमृत अर्याल, राजीव कोइराला लगायत छन् । गठबन्धनमा माओवादी केन्द्रले ५६ मध्ये १९ सीटमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबेदार इन्द्र आङ्बो छन् ।

गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रदेश १ बाट ११ सीट पाएको थियो । तर समानुपातिक मत नआउने भन्दै सहमतिविपरीत अन्य जिल्लामा पनि नेकपा एसले उम्मेदवार उठाउँदा सो पार्टीका उम्मेदवारको संख्या १७ पुगेको छ ।

यद्यपि एसले सत्ता गठबन्धनको भागबण्डा भने ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ, भोजपुर, सुनसरी र खोटाङमा एक एक सीट प्रदेश सभा पाएको छ । बाँकी उम्मेदवारी बागी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर