स्वर्णिम वाग्लेलाई टिकट नदिएकोमा बाबुरामले गरे कांग्रेसको आलोचना (भिडिओ) – Nepal Press

स्वर्णिम वाग्लेलाई टिकट नदिएकोमा बाबुरामले गरे कांग्रेसको आलोचना (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले तीन पटक चुनाव जितेर जनताको माया बाहेक केही आर्जन गर्न नसकेको बताएका छन्।

दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देश विकास सम्भव भएकाले ठुला गफ नगरी काममा लाग्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हामी आफ्नै कारणले पछाडि परेका छौँ। जनताको मायाकै कारणले मैले देशको नेतृत्व गर्ने अवसरसम्म पाएँ। हामीले आफूले आफैलाई ठगेर देश बिगारिरहेका छौँ। म पनि तीन पटक चुनाव जितेर अव संसदीय राजनीतिबाट बिदा लिएको छु। मैले जीवनमा आर्जन गरेको भनेको तपाईंहरुको माया मात्रै हो।’

ठुला कुरा गर्नेले देश नबन्ने उल्लेख गर्दै आत्मनिरिक्षणमा ध्यान दिनुपर्ने उल्लेख गरे। ठुुला राजनीतिक परिवर्तन भएपनि अब आर्थिक विकास लाग्नुपर्नेमा जोड दिए।

उनल थपे, ‘जीवनभर ठुला गफ दिने तर उत्तराद्र्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन। देश बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ।’

उनले आर्थिक विज्ञ अर्थविद् डा। स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति आलोचना समेत गरे। उनले भने, ‘आफूलाई ठुलो लोकतान्त्रिक पार्टी भन्नेले उहाँ (स्वर्णिम)जस्तो मान्छेलाई टिकट समेत दिँदैन। अनि बन्छ मुलुक ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर