नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित – Nepal Press

नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् ।

पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहीबार अदालतमा उजुरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर