कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा माओवादीका उम्मेदवार कायम – Nepal Press

कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा माओवादीका उम्मेदवार कायम

गठबन्धनको सहमतिविपरित कांग्रेसले काठमाडौंका ४ वटा प्रदेश सभामा उम्मेदवारी दिएपछि भद्रगोल

काठमाडौं । गठबन्धनको सीट बाँडफाँटविपरित कांग्रेसले धोखा दिएको भन्दै नेकपा माओवादी केन्द्रले काठमाडौंका थप दुई क्षेत्रमा आफ्ना उम्मेदवार कायमै राखेको छ ।

सीट बाँडफाँटमा माओवादी केन्द्रले काठमाडौंको २,७ र ९ प्रतिनिधि सभा र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख,६ को ख र १० को क पाएको थियो । तर कांग्रेसले ती तीनवटै सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।

नेकपा एसले पाएको काठमाडौं ५ को ख मा कांग्रेसले उम्मेदवार उठाएको छ । नेकपा माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधि सभाका उम्मेदवार कायम राखेको छ ।

काठमाडौं ३ मा प्रतिनिध सभामा मजदूर नेता बद्री बजगाई उम्मेदवार छन् भने प्रदेश १ तर्फ कपिलमणी उप्रेती र २ मा महेश्वर फुयाल छन् । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुन् । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।

त्यस्तै काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेश सभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधि सभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ । त्यस्तै प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।

अब यो विषय गठबन्धनका शीर्ष नेताहरुको हातमा रहेकाले आफूहरु चुनावी अभियानमा लागेको फुयालले बताए । काठमाडौंका नेताहरुले प्रचण्ड र महासचिव देव गुरुङलाई भेटेर कांग्रेसबाट धोखा भएकाले माथिबाटै वक्तव्यमार्फत प्रष्ट पार्न आग्रह गरेका छन् ।

शीर्ष तहबाटै गठबन्धनका आधिकारिक उम्मेदवार को को हुन् भन्ने आएपछिमात्र टुंगो लाग्ने भन्दै अहिलेलाई माओवादीले काठमाडौंका ५ वटा क्षेत्रमा चुनाव प्रचार थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर