यि हुन नेकपा (एकिकृत समाजवादी)बाट प्रतिनिधिसभाका १९ जना उम्मेदवार (सूचीसहित) – Nepal Press

यि हुन नेकपा (एकिकृत समाजवादी)बाट प्रतिनिधिसभाका १९ जना उम्मेदवार (सूचीसहित)

एउटा क्षेत्रमा महिलाको उम्मेदवारी, दलितको उम्मेदवारी शून्य

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेकपा (एकिकृत समावजादी)ले १९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा क्षेत्र नेपाली काँग्रेसले, ४६ वटा निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र)ले र बाकीँ निर्वाचन क्षेत्र अन्य सत्तारुढ दलले लिदाँ एकिकृत समाजवादीले १९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

एकिकृत समाजवादीले प्रदेश एकका २, मधेश प्रदेशका ४, बागमती प्रदेशका ५, गण्डकी प्रदेशका एउटा, लुम्बिनी प्रदेशका २, कर्र्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

१९ वटा निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा मात्रै एकिकृत समाजवादीबाट महिलाको उम्मेदवारी परेको छ भने दलितको उम्मेदवारी शून्य रहेको छ । महिलामा गुल्मी क्षेत्र नम्बर २ बाट रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *