यि हुन नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका ९१ जना उम्मेदवार (सूचीसहित) – Nepal Press

यि हुन नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका ९१ जना उम्मेदवार (सूचीसहित)

५ वटा क्षेत्रमा महिलाको उम्मेदवारी, दलितको उम्मेदवारी शून्य

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेपाली काँग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई दिएर आफुले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

नेपाली काँग्रेसले प्रदेश एकका १९, मधेश प्रदेशका १५, बागमती प्रदेशका १८, गण्डकी प्रदेशका १२, लुम्बिनी प्रदेशका १४, कर्र्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

९१ निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रमा काग्रेसबाट महिलाको उम्मेदवारी परेको छ भने दलितको उम्मेदवारी शून्य रहेको छ । रुकूम पश्चिममा काँग्रेसबाट मानबहादुर नेपालीले उम्मेदवारी दिए पनि उनको उम्मेदवारी पार्टीले नै फिर्ता लिएपछि दलितको उम्मेदवारी काँग्रेसबाट शून्य भएको हो ।

महिलामा तेह्रथुम क्षेत्र नम्बर एकबाट सिता गुरुङ, मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइराला, सिराहा क्षेत्र नम्बर २ बाट चित्रलेखा यादव, मकवानपुर क्षेत्र नम्बर एकबाट महालक्ष्मी उपाध्याय र अर्घाखाची क्षेत्र नम्बर एकबाट पुष्पा भुसालले उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *