फेसबुकका मालिक मार्क जुकरबर्गका फलोअर्स करिब १० हजार मात्र, किन एक्कासी घट्यो ? – Nepal Press

फेसबुकका मालिक मार्क जुकरबर्गका फलोअर्स करिब १० हजार मात्र, किन एक्कासी घट्यो ?

न्युयोर्क। फेसबुक संचालन गर्ने कम्पनी मेटाका मालिक मार्क जुकरबर्कले मंगलबार राति फेसबुकको व्यक्तिगत अकाउन्टमा राखेको एक तस्विरमा १० लाखभन्दा बढीले लाइक गरेका छन्।

एक लाख २७ हजार कमेन्ट आएको छ भने १४ हजारभन्दा बढीले सेयर गरेका छन्। तर उनको व्यक्तिगत अकाउन्टमा ९ हजार ९ सय ९४ मात्र फलोअर्स देखिन्छन्। फेसबुकमा व्यक्तिगत अकाउन्टमा फलो गर्ने एउटा अप्सन राखिएको हुन्छ जसलाई क्लिक गरेर साथी नभएपनि सम्बन्धित व्यक्तिबारे अपडेट लिन सकिन्छ। यस हिसाबले जुकरबर्कको फलोअर्स अस्वभाविक देखिन्छ।

न्युजविक डटकमले अमेरिकाका ठुला मिडियाका फलोअर्स ह्वात्तै घटेको उल्लेख गरेको छ। न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, हफिङ्टन पोस्ट, न्युयोर्क पोस्टलगायतको फलोअर्स दैनिक हजारौँ संख्यामा घटिरहेको जनाएको छ।

मेटा कम्पनीले यसै वर्षको अप्रिलदेखि जुनसम्म विश्वभर एक अर्ब ६० करोड फेक अकाउन्ट बन्द गरिएको र त्यही कारण फलोअर्स घटेको हुन सक्ने जवाफ दिएको न्युजविकले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर