सन् २०२० मा अविध सकिएकालाई जापानले पुनः प्रवेश दिने – Nepal Press

सन् २०२० मा अविध सकिएकालाई जापानले पुनः प्रवेश दिने

टोकियो । जापानले कोरोना संक्रमणका क्रममा फर्कन नपाएकाहरुलाई पुनः प्रवेश गर्ने अनुमति दिने भएको छ । सन् २०२० जनवरी १ देखियता पुनः प्रवेशको म्याद सकिएकाहरुले जापान प्रवेशका लागि प्रक्रिया थाल्न पाउने प्रावधान लागु गरिएको हो ।

जापानमा आफन्त भएकाहरुले जापानको अध्यागमन विभाग र आफन्त नभएकाहरुले स्वदेशमै रहेको जापानी दूतावासमा निवेदन दिनसक्ने नयाँ व्यवस्था गरिएको अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

जापान बाहिर हुँदा पुनः प्रवेश अनुमति सकिएका तर जापानमा आफन्त वा उनीहरुको सट्टामा आवेदन दिन सक्ने कोही जापानमा छ भने त्यस्ता व्यक्तिहरु जापानको अध्यागमन विभागमा जान पर्ने व्यवस्था गरिएको छ । जापानमा कोही नभएकाले भने सीधै सम्बन्धित देशमा भएको दूतावासबाट जापान प्रवेशका लागि अनुमति प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर