चिवा भञ्ज्याङ नाका खोलेर सिधै काठमाडौं जाने सिक्किमका मुख्यमन्त्री तामाङको घोषणा (भिडिओ) – Nepal Press

चिवा भञ्ज्याङ नाका खोलेर सिधै काठमाडौं जाने सिक्किमका मुख्यमन्त्री तामाङको घोषणा (भिडिओ)

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाल र भारतबीचको चिवा भञ्ज्याङबाट सिधै काठमाडौं जानेगरी नाका खोल्न लागेको बताएका छन् ।

सिक्किमको देन्ताममा दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले काँकडभिट्टाबाट घुमेर जाने अवस्थाको अन्त्य गर्न आफू लागि परेको बताए । उनले चिवा भञ्ज्याङ कोरिडोर खुलेपछि सिक्किममा स्थापना भइरहेका ठूला मेडिकल कलेज र अस्पतालहरुमा नेपालबाट विद्यार्थी तथा बिरामी आउने बताए ।

उनले भने, ‘चिवा भन्ज्याङ कोरिडोर खुलेपछि नेपालको प्रदेश १ का मान्छेहरु काठमाडौं जाँदैनन्, उपचारका लागि यता आउँछन् । हामी पनि काँकडभिट्टा किन घुम्ने सिधै चिवा भञ्ज्याङबाट काठमाडौं जाने । यसरी हामी काम गरिरहेका छौं ।’

चिवा भञ्ज्याङ

उनले सिक्किम विधानसभामा एकजना पनि गुरुङ निर्वाचित हुन नसकेको भन्दै सिक्किम सरकारले नै गुरुङको प्रतिनिधित्व गर्ने बताएका थिए । सम्मेलनमा नेपाल, भारत, बर्मा, भुटानलगायत विश्वभरका विभिन्न देशमा रहेका गुरुङ प्रतिनिधिहरुको सहभागिता रहेको नेपालबाट सहभागी तमु छोँज धीका सहमहासचिव मनोज गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर