बेलायतकी एक नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग – Nepal Press

बेलायतकी एक नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

३२ वर्षीया लुसी लेट्बीमाथि सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास गरेको आरोप लगाइएको छ । तर, उनले उक्त आरोप अस्वीकार गरेकी छन् ।

उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालमा हत्या गरेको आरोप छ । उक्त अस्पतालमा उनले काम गरेकी थिइन् ।

सन् २०१५ को मध्यदेखि १२ महिनामा दुई बालबालिकालाई इन्सुलिनको विष सेवन गराएको एउटा समीक्षामा देखाइएको छ । ‘केवल व्यवहारिक निष्कर्ष कोर्न सकिन्छ कि यो जानाजानी गरिएको थियो’, उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर