युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु – Nepal Press

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहान शृङ्खलाबद्ध रुपमा शक्तिशाली बम विस्फोट गराएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसियट प्रेसका अनुसार रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहानदेखि शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।

यस्तै गरी पश्चिम युक्रेनको ल्भिभ, टेर्नोपिल र ज्इटोमिर र मध्य युक्रेनको डिनिप्रोमा पनि विष्फोट गराइएको जनाइएको छ ।

बीबीसीका अनुसार हालसम्म उक्त विस्फोटमा आठ जना सर्वसाधारणको मृत्‍यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर