भारतीय राजनीतिका ‘लिजेन्ड’ नेपालका मित्र मुलायमसिंह यादवको निधन – Nepal Press

भारतीय राजनीतिका ‘लिजेन्ड’ नेपालका मित्र मुलायमसिंह यादवको निधन

काठमाडौं । भारतीय राजनीतिका एक लिजेण्ड मानिने उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन भएको छ । ८२ वर्षीय यादवको पिशाव संक्रमण तथा उच्च रक्तचापको समस्यासँगै स्वास प्रश्वासमा समस्या देखिएको थियो ।

उनलाई थप उपचारका लागि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा अखिलेश यादवलाई मुख्यमन्त्रीसहित राजनीतिको बागडोर सुम्पेर उनी केही वर्षयता सक्रिय राजनीतिमा कम थिए । यद्यपी पछिल्लो समय बाबुछोराबीच समेत सियासतको विषयमा खटपट भएको थियो ।

नेपालसँग सिमाना जोडिएको युपीमा लामो समय शासन चलाएका यादवको नेपालसँग गहिरो मित्रता थियो ।उनी पशुपति दर्शनका लागि पछिल्लो समय आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर