भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता चापागाईंको बागी उम्मेदवारी – Nepal Press

भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता चापागाईंको बागी उम्मेदवारी

काठमाडौं । भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् ।

भोजपुर प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार हुन् ।

बागी उम्मेदवारी दिने चापागाईं नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् । दुवैजना एउटै स्थानीय तह षडानन्द नगरपालिकाका हुन् ।

आफू गठबन्धनको विरोधी नभएको तर धरातल विचार नगरी केन्द्रले टिकट वितरण न्यायोचित रूपमा नगरेकाले कार्यकर्ताको भावनाअनुसार अघि बढेको चापागाईंले बताए ।

उनले भने, ‘हाम्रो इच्छा र चाहना नेताहरूले बुझेनन् । तालमेलका नाममा जिल्लाभरि २ हजार भोट नभएकालाई १८ हजार कसरी खन्याउन सकिन्छ ?’

गठबन्धनमा भोजपुरको संघ माओवादी, प्रदेश (क) नेकपा एस र प्रदेश (ख) कांग्रेसले पाएको छ । माओवादीबाट सुदन किराँती, एसबाट मुख्यमन्त्री राजेन्द्र राई र कांग्रेसबाट जिल्ला सभापति विनोद बान्तवा मैदानमा छन् ।

त्यस्तै एमालेबाट संघमा पूर्वमुख्यमन्त्री शेरधन राई, (क) मा केन्द्रीय सदस्य हरिबहादुर राई र (ख) मा खड्गबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर