टिकट नपाएको विषयमा भीम रावल : कुरा बुझिरहेको छु, अहिले केही बोल्दिनँ – Nepal Press

टिकट नपाएको विषयमा भीम रावल : कुरा बुझिरहेको छु, अहिले केही बोल्दिनँ

कैलाली । अछाम १ मा एकल रुपमा सिफारिस भएर पनि टिकट नपाएका एमाले नेता भीम रावलले अहिले यस बिषयमा कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

‘मैले अहिले हेरिरहेको छु कुरा बुझिरहेको छु’ उनले नेपाल प्रेसलाई भने ‘अहिले कुनै प्रतिक्रिया दिन्न ।’अछाममा रावलको नाम सिफारिस भएपनि झपट बोहराले टिकट पाएका छन् । बोहरा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

नेकपा विभाजन पछि अर्थमन्त्री छोडेर एमालेमा बसेका बोहरा अहिले अछाम इन्चार्ज हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नाम सिफारिस गर्दा आफू कुनै क्षेत्रमा नलड्ने र पार्टी जिताउने बताएका बोहरालाई पार्टीले टिकट दिएको छ ।

यस विषयमा रावलले भने समय आएपछि प्रतिक्रिया दिने बताए ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

दशौँ महाधिवेशनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लाहकार पद स्वीकारेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर